back
CTIZAN AD

पर्वतको पैयुमा बृहद स्वास्थ शिविर हुने, १३ जना बिशेषज्ञ डाक्टरले सेवा दिंदै

वि.सं.२०८० जेठ ११ बिहीवार

2.1K 

shares

फर्शुराम भुर्तेल । गण्डकी प्रदेश पर्वत जिल्ला पैयु गाउपालिकाको हातेमालो चोकमा बृहद स्वास्थ शिविर आयोजना हुने भएको छ ।

पैँयु गाउपालिका,  रोटरी क्लव अफ नारायणि मिडटाउन  र मौलाकालिका अस्पतालको समन्वय तथा सहयोगमा जेठ १३ गते शनिवार हुवास हेल्थपोष्टमा बृहद शिविर आयोजना हुने भएको हो ।

पैयु गाउपालिकाका अध्यक्ष राज मल्ल, रोटरी क्लव अफ नारायणि मिडटाउन  चितवनका अध्यक्ष स्वेता उपाध्याय र मौलाकालिका अस्पताल भरतपुरका प्रबन्ध निर्देशक डा केशवराज भुर्तेलको समन्वयमा आयोजना हुने सो शिविरमा पाठेघर, मुखको क्यान्सर, ब्लड क्यान्सरको परीक्षण सेवा, स्त्री तथा प्रसुति र निसन्तान सेवा सम्बन्धि परीक्षण, ब्लड प्रेसर, सुगर, दम, मुटु र पेट सम्बन्धि जांच तथा सेवा, बालरोग, हाडजोर्नी, छाला तथा यौनरोग, दांत, गींजा र आखा सम्बन्धि जांच तथा सेवा, नाक, कान घांटी जांच र सेवा, एक्सरे, भीडियो एक्सरे, ईसिजी तथा सुगर परीक्षण सेवा सहित निशुल्क औषधिको ब्यबस्था गरिने जनाईएको छ ।

पर्वतको पैयु गाउपालिका २ भर्मामा जन्मेका डा भुर्तेलको बिशेष समन्वयमा आयोजना हुने सो शिविरमा वरिष्ठ प्रसुतिरोग बिशेषज्ञ डा केशवराज भुर्तेलसंगै डा रमेश पौडेल, डा.शुरेस प्रधान (प्लास्टिक र सामान्य सर्जरी), इएएनटी डा लक्ष्मी खडका, बालरोग डा बिस्णु पराजुली, फिजीसीयन डा बिनोद पौडेल, हाडजोर्नी डा पुष्प भुसाल, छाला डा अचुत पोखरेल, डा पुजा पौडेल, एनेस्थेसिया डा शान्ति भुर्तेल, रेडियोलोजि डा रजनिश मानन्धर, ब्रेष्ट क्यान्सर डा अस्मिता न्यौपाने, फिजिसियन डा अनुपा देवकोटा पौडेल र आँखा सम्बन्धि संपूर्ण सेवा हिमालयन आँखा अस्पताल पोखराले उपलब्ध गराउने जनाईएको छ । पैयु गाउपालिकाको सूचना अनुसार सो शिविरमा आयुर्वेद सेवा पनि उपलब्ध हुनेछ ।

पर्वतको पैयुमा यति धेरै बिधाका बिशेषज्ञ डाक्टर पुग्ने अवसर भएकाले पैयुका जनप्रतिनिधि, राजनैतिक दलका कार्यकर्ता तथा सामाजिक अभियन्ताहरु उत्साहित भएका छन भने जनताले सेवा पाउने क्षण प्रतिक्षा गरेका छन् ।

वि.सं.२०८० जेठ ११ बिहीवार १५:०१ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...