back
CTIZAN AD

ओलीलाई महालेखाले नै प्रश्न सोधेको छ : खै ११ किलो सुन ?

वि.सं.२०८० जेठ १२ शुक्रवार

1.2K 

shares

काठमाडौं । शुक्रबार संसद बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीबाट जवाफ दिने कार्यक्रम थियो । तर, प्रमुख प्रतिपक्षी एमालेको अवरोधपछि संसद बैठक सञ्चालन हुन सकेन ।

एमालेले पशुपतिमा जलहरी लगाउने क्रममा अनियमितता भएको भन्ने आरोपको पुष्टि नभएसम्म सदन चलाउन नदिने अडान लियो । प्रतिपक्षीमाथि एकपछि अर्को गर्दै नियोजित ढंगले सत्तापक्ष लागेको आरोप एमालेले लगायो ।

“बिनाआधार, बिनाप्रमाण प्रमुख प्रतिपक्षी दलका नेतालाई इंगित गरेर भ्रष्टाचारको आरोप लगाइन्छ, सत्ता पक्षका सांसदले पशुपतिमा जलहरी लगाउने विषयमा सुनको बदला पित्तलको प्रयोग भयो भनेर बिनाआधार गम्भीर भ्रष्टाचारको आरोप लगाएका छन्”, एमालेका प्रमुख सचेतक पदम गिरीले भनेका छन्, “सत्ता पक्षले प्रतिपक्षलाई यसरी सदनबाटै भ्रष्टाचारको आरोप लगाउन मिल्दैन, त्यसको वास्तविकता पत्ता लगाएर सदनलाई जवाफ दिनुपर्छ । प्रतिपक्षीमाथि एकपछि अर्को गर्दै नियोजित ढंगले जान खोजिएको छ, यो स्वीकार्य छैन ।”

जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहँदा यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीमा अनियमितता भएको र पशुपतिमा जलहरुी लगाउने क्रममा सुनको साटो पित्तल प्रयोग भएको दाबी गरेका थिए । एमालेले दाहालले लगाएको आरोपको जवाफ माग्दै सदन अवरुद्ध गरेको हो ।

तर, पशुपतिमा जलहरी राखिएको विषयमा महालेखा परीक्षकको कार्यालयले अनियमितता भएको पुष्टि गरिसकेको छ ।

महालेखापरीक्षकको उन्नसाठीऔं वार्षिक प्रतिवेदनमा करिब ११ किलो सुन गायब भएको बताइएको छ । १० किलो ९७६ ग्रामको रिङ्ग बनाइएको भनिएपनि उक्त कुरा पुष्टि नभएको कुरा महालेखाले औंल्याएको छ । ७ करोड ८६ लाख ४६ हजार मूल्य बराबरको उक्त सुनबारे महालेखाले प्रश्न उठाएको भएपनि उक्त प्रश्नको निराकरण भएको छैन ।

त्यस्तै, महालेखाले जलहरी निर्माणको क्रममा ज्यालाबापत भुक्तान भएको रकममा पनि प्रश्न उठाएको छ । ज्यालाबापत दिने रकमको हिसाबकिताब नै स्पष्ट नबनाइएको प्रतिवेदनमा उल्लेख छ ।

सर्वोच्चमा मुद्दा परेपछि तत्कालिन सरकारले हतार–हतार पशुपतिमा जलहरी राखेको थियो । जुन दिन जलहरी राखियो, सोही दिन नै सर्वोच्चले सुनको जलहरी नराख्नु भन्ने अन्तरिम आदेश दिएको थियो । तर, जलहरी राखिसकिइएको कारण उक्त आदेश कार्यान्वयन भएन ।

याे पनि…

काण्डै काण्डले पुरिएको एमाले

वि.सं.२०८० जेठ १२ शुक्रवार १४:३९ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...