back
CTIZAN AD

मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमका कृषकलाई गोलासहित माहुरी उपहार

वि.सं.२०८० जेठ १२ शुक्रवार

936 

shares

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरुप मौरीका गोलासहित घार उपलब्ध गराइएको छ । सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले ५१ कृषकलाई एक सय दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो ।

गत तीन वर्षअघि कृषि ज्ञानकेन्द्रकोे सहयोगमा ‘सालिमे मौरी स्मार्ट कृषि गाउँ’ कार्यक्रम लागू भएसँगै त्यहाँका कृषकले व्यावसायिकरुपमा मौरीपालनमा गर्न सुरु गरेका थिए । वडानं ८ र ९ मा मौरी स्मार्ट कार्यक्रम लागू भएको थियो । त्यहाँका ५१ कृषक समूहमा आबद्ध भएर व्यावसायिकरुपमा आधुनिक तरिकाबाट मौरीपालनमा जुटेका हुन् ।

समूहका एक कृषकको घारमा न्यूनतम छ घार मौरी अनिवार्य रुपमा हुनुपर्दछ । छ घार मौरी नभएको व्यक्ति समूहमा आबद्ध हुन पाउँदैन । वरिपरि घना जङ्गलका बीचमा अग्लो र रापिलो ठाउँ भएका कारण पनि मालारानी माहुरी चरन क्षेत्रका लागि पनि निकै उपयुक्त मानिन्छ । त्यस क्षेत्रका मौरीपालक कृषकहरुलाई व्यावसायिक बनाउँदै उनीहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले मुसिकोटमा उक्त कार्यक्रम लागू गरिएको उक्त केन्द्रका प्रमुख नवराज भण्डारीले बताए ।

सो कार्यक्रममार्फत मौरी पकेट समूहमा आबद्ध सदस्यका घरधुरीमा अहिलेसम्म छ सय ५० खाली र तीन सय गोलासहित मौरीका घारहरु कृषहरुलाई निःशुल्क उपलब्ध गराई सकिएको छ । अन्य व्यवसायभन्दा मौरीपालन व्यवसायबाट चाँडै आम्दानी गर्न सकिने र बजारमा महको माग पनि प्रशस्त हुने भएका कारण पछिल्लो समयमा त्यस क्षेत्रका अन्य कृषक पनि मौरी पालनतर्फ आकर्षित हुँदै गएको मौरी पकेट समूहका अध्यक्ष चुमा घर्तिमगरले बताइन् ।

उक्त कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई मौरी वृद्धि वर्ष, तेस्रो वषलार्ई मह वर्ष र चौथो वर्ष मौरी निर्यात वर्ष मनाउने गरी काम गर्दै आइएको छ । उक्त समूह यो वर्षलाई मह वर्ष भनेर मह उत्पादनमा केन्द्रित छ । मालारानीको मह विषादीरहित, विभिन्न वनस्पतिजन्य फूलहरुको रसबाट उत्पादित र प्राङ्गारिक भएका कारण पनि बजारमा यहाँको महको माग धेरै हुने गर्दछ ।

उक्त गाउँमा अहिले छ सयभन्दा बढी मौरीका गोलासहित घारहरु छन् । यहाँको मह प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री हुँदै आएको छ ।

 

वि.सं.२०८० जेठ १२ शुक्रवार १६:०४ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...