back
CTIZAN AD

’रकम नपाए कडा कदम चाल्छौँ’

वि.सं.२०८० जेठ १२ शुक्रवार

777 

shares

काठमाडौँ । ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट पूर्वनिर्धारित निर्णयानुसार रकम नपाएपछि आफूहरु अन्यायमा परेको बताएका छन् ।

तीन विभागीय टोली र जाउलाखेल युथ क्लबबाहेक ‘ए’ डिभिजन खेलिरहेका १० क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लिग सञ्चालनका लागि तोकिएको रकम पाउनका लागि एन्फाको ध्यानाकर्षण गराएको छ ।

सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले पटक–पटक एन्फासँग आग्रह गर्दा पनि आफूहरुको माग सम्बोधन नभएको उनकोे गुनासो छ । उनले भने, “एन्फाले न तयारी खर्च दिएको छ, न खेलिसकेको ‘म्याच मनि’ दिन सकेको छ, न त दोस्रो किस्ताको तयारी खर्च नै दिएको छ, अब पनि एन्फाले वेवास्ता गरे कठोर कदम चाल्न बाध्य हुनेछौँ ।”

एन्फाले ‘ए’ डिभिजन क्लबलाई तयारी खर्चस्वरूप पहिलो किस्तामा रु १५ लाख, दोस्रो किस्तामा रु १० लाख र तेस्रो किस्तामा रु सात लाख ५० हजार दिने निर्णय गरेको थियो । पहिलो किस्ताको रकम भने क्लबले पाइसकेका छन् ।

यस्तै हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा व्यवस्थापनको कमजोरीका कारण क्लबहरुले यस किसिमको समस्या भोग्नु परेको बताए । उनले एन्फा पदाधिकारीहरुमा फुटबलको विकासभन्दा पनि विदेशी मोहमात्र देखिएकाले क्लबहरु समस्यामा परेको बताए ।

अध्यक्ष शेर्पाले नेपालीको लोकप्रिय खेल फुटबल सुन सरह भए पनि एन्फाको कमजोर व्यवस्थापनले बेच्न नसकेको आरोपसमेत लगाए ।

पत्रकार सम्मेलनमा मच्छिन्द्रका सचिव किरण महर्जन, खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घले, न्युरोड टिम (एनआरटी) का महासचिव नरेन्द्रमान श्रेष्ठलगायत थिए ।

 

वि.सं.२०८० जेठ १२ शुक्रवार १६:४५ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...