काठमाडौं । सरकारद्वारा सोमबार सार्वजनिक आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले नयाँ बजेटमा केही प्रशासनिक र नीतिगत सुधारका कुरा भए पनि मूल दिशा विगतकै निरन्तरतामा रहेको बताएका छन् ।
‘अझै चिन्ताजनक कुरा चाहिं हाम्रो बजेटको दुइतिहाइ हिस्सा साधारण खर्चमा जान्छ भने बाँकी एक तिहाइमध्ये पनि पूँजीगत खर्च (रू.३खर्ब२ अर्ब )भन्दा वित्तीय व्यवस्थापन भनिने ऋणको सावाँ÷ब्याज भुक्तानि (रू.३ खर्ब ७ अर्ब)बढी हुन थालेछ । यो भनेको हाम्रो कमजोर अर्थतन्त्र ऋणपासोमा पनि पर्दैछ भन्ने हो ।’ डा. भट्टराईले भनेका छन् ।
उनले यसले ठुलो संरचनात्मक परिवर्तन र क्रमभंगको माग गरिरहेछ भन्ने प्रष्टै छैन र भन्ने प्रश्न गर्दै भनेका छन्, ‘पुरानै बाटो हिंडेर नयाँ ठाउँमा पुगिन्न भन्ने कहिले बुझ्ने होला !’
वि.सं.२०८० जेठ १६ मंगलवार ०८:३५ मा प्रकाशित






























