Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतले ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा किन राख्यो नेपालको लुम्बिनी र विराटनगर ?



काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरको पनि नाम राखिएपछि त्यसले नेपाली समाजमा तरंग ल्याएको छ ।

उक्त भित्तेचित्रमा नेपाल लगायतका छिमेकी मुलुकका भू–भागलाई समेत भारतले उतारेपछि त्यसले छिमेकी मुलुकबीच कुटनीतिक सम्बन्धमा असर तथा थप विवाद ल्याउन सक्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।

डा.भट्टराईले सामाजिक संजालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा सम्बन्धीत निकायले यसबारेमा प्रष्ट पारिदिन समेत आग्रह गरेका छन् ।

‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्तिचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धमा थप समस्या बढाउने सम्भावना देखिन्छ । भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खुलारुपमा बताउनु उचित हुनेछ ।’

 

त्यसैगरी मानव अधिकारकर्मी मोहना अन्सारीले पनि सोहि प्रश्न गरेकी छन्–‘भारतको नयां संसद भवनमा राखिएको यो नक्सामा “विराटनगर, कपिलबस्तु देखि लुम्बिनी” सम्म को उल्लेख किन होला ?’

त्यसैगरी डा. प्रेमसिंह बस्न्यातले पनि यो घोर आपत्तिजनक विषय रहेको बताउँदै भनेका छन्– नेपाल सरकार ः यो घोर आपत्तिजनक छ नेपालको लुम्बिनिलाई भारत ले बिशेष गरी प्रधानमन्त्री मोदीले कसरी भारतको नक्सामा हाले÷ हालियो ? तुरुन्त यसको बिरोध होस् ।’ उनले ‘अखण्ड भारत’ मा भारतले नेपालको लुम्बिनी राखेर प्रधानमन्त्री प्रचन्डको भारत भ्रमणको पूर्वसन्ध्यामा अपमान गरेको समेत बताएका छन् ।


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक