back
CTIZAN AD

भारतले ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा किन राख्यो नेपालको लुम्बिनी र विराटनगर ?

वि.सं.२०८० जेठ १६ मंगलवार

1.2K 

shares

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरको पनि नाम राखिएपछि त्यसले नेपाली समाजमा तरंग ल्याएको छ ।

उक्त भित्तेचित्रमा नेपाल लगायतका छिमेकी मुलुकका भू–भागलाई समेत भारतले उतारेपछि त्यसले छिमेकी मुलुकबीच कुटनीतिक सम्बन्धमा असर तथा थप विवाद ल्याउन सक्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।

डा.भट्टराईले सामाजिक संजालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा सम्बन्धीत निकायले यसबारेमा प्रष्ट पारिदिन समेत आग्रह गरेका छन् ।

‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्तिचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धमा थप समस्या बढाउने सम्भावना देखिन्छ । भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खुलारुपमा बताउनु उचित हुनेछ ।’

 

त्यसैगरी मानव अधिकारकर्मी मोहना अन्सारीले पनि सोहि प्रश्न गरेकी छन्–‘भारतको नयां संसद भवनमा राखिएको यो नक्सामा “विराटनगर, कपिलबस्तु देखि लुम्बिनी” सम्म को उल्लेख किन होला ?’

त्यसैगरी डा. प्रेमसिंह बस्न्यातले पनि यो घोर आपत्तिजनक विषय रहेको बताउँदै भनेका छन्– नेपाल सरकार ः यो घोर आपत्तिजनक छ नेपालको लुम्बिनिलाई भारत ले बिशेष गरी प्रधानमन्त्री मोदीले कसरी भारतको नक्सामा हाले÷ हालियो ? तुरुन्त यसको बिरोध होस् ।’ उनले ‘अखण्ड भारत’ मा भारतले नेपालको लुम्बिनी राखेर प्रधानमन्त्री प्रचन्डको भारत भ्रमणको पूर्वसन्ध्यामा अपमान गरेको समेत बताएका छन् ।

वि.सं.२०८० जेठ १६ मंगलवार ०८:५६ मा प्रकाशित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...