back
CTIZAN AD

रास्वपाका महामन्त्री मुकुलले हाले ढाका कुमारविरुद्ध मुद्दा

वि.सं.२०८० जेठ १६ मंगलवार

747 

shares

काठमाडौं । रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले पार्टीका निलम्बित पूर्वसांसद ढाका कुमार श्रेष्ठविरुद्ध मुद्दा हालेका छन् ।

ढाका कुमारले आफु समानुपातिक सांसद बन्नका लागि पार्टीका महामन्त्री ढकाल र उपसभापति डोलप्रसाद अर्याललाई २ करोड ८४ लाख रुपैयाँ बुझाएको आरोप लगाएको समाचार सार्वजनिक भएपछि मुकुलले आफुमाथि अन्याय भएको भन्दै ढाका कुमारविरुद्व मुद्दा हालेका हुन् ।
ढाका कुमारको उक्त आरोप संचारमाध्यममा सार्वजनिक भएपछि मानहानिको मुद्दा हाल्ने बताउँदै आएका ढकालले जेठ १४ गते आफ्नो चरित्र हत्या भएको भन्दै मानहानिको मुद्दा हालेका हुन् ।

‘आफूँलाई भएको अन्याय विरूद्ध कानुनी उपचार खोज्ने प्रयास गरेको छु ।’ ढकालले मुद्दा दर्ताको तारिख र पर्चा सामाजिक संजालमार्फत् सार्वजनिक गर्दै लेखेका छन् ।

यसअघि उपसभापति अर्यालले पनि एक विज्ञप्ति जारी गर्दै भ्रामक समाचार प्रकाशन गर्ने प्रकाशकविरुद्ध उचित कानुनी उपचार खोज्ने चेतावनी दिएका थिए भने ढाका कुमारले पनि विज्ञप्ति जारी गर्दै कुनैपनि संचारमाध्यममा आफूले त्यस्तो नबोलेको भन्दै स्पष्टीकरण दिएका थिए ।

ढाका कुमारले भने–सांसद बन्न ३ करोड बुझाएको भन्ने कपोकल्पित र आधारहिन

वि.सं.२०८० जेठ १६ मंगलवार ०८:१६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...