
काठमाडौं । रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले पार्टीका निलम्बित पूर्वसांसद ढाका कुमार श्रेष्ठविरुद्ध मुद्दा हालेका छन् ।
ढाका कुमारले आफु समानुपातिक सांसद बन्नका लागि पार्टीका महामन्त्री ढकाल र उपसभापति डोलप्रसाद अर्याललाई २ करोड ८४ लाख रुपैयाँ बुझाएको आरोप लगाएको समाचार सार्वजनिक भएपछि मुकुलले आफुमाथि अन्याय भएको भन्दै ढाका कुमारविरुद्व मुद्दा हालेका हुन् ।
ढाका कुमारको उक्त आरोप संचारमाध्यममा सार्वजनिक भएपछि मानहानिको मुद्दा हाल्ने बताउँदै आएका ढकालले जेठ १४ गते आफ्नो चरित्र हत्या भएको भन्दै मानहानिको मुद्दा हालेका हुन् ।
‘आफूँलाई भएको अन्याय विरूद्ध कानुनी उपचार खोज्ने प्रयास गरेको छु ।’ ढकालले मुद्दा दर्ताको तारिख र पर्चा सामाजिक संजालमार्फत् सार्वजनिक गर्दै लेखेका छन् ।
यसअघि उपसभापति अर्यालले पनि एक विज्ञप्ति जारी गर्दै भ्रामक समाचार प्रकाशन गर्ने प्रकाशकविरुद्ध उचित कानुनी उपचार खोज्ने चेतावनी दिएका थिए भने ढाका कुमारले पनि विज्ञप्ति जारी गर्दै कुनैपनि संचारमाध्यममा आफूले त्यस्तो नबोलेको भन्दै स्पष्टीकरण दिएका थिए ।
ढाका कुमारले भने–सांसद बन्न ३ करोड बुझाएको भन्ने कपोकल्पित र आधारहिन