Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

यी हुन् सरकारले खारेज गर्न लागेका २० संस्थान र समितिहरु (नामावलीसहित)



काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट घोषणा कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशसरण महतले २० संस्था खारेज गर्ने निर्णय गरेको घोषणा गरेका हुन् ।

ती मध्ये कपास विकास समिति, महिला तथा बालबालिका विभाग, नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति, मेडिकल कलेज पूर्वाधार विकास समिति, ताल संरक्षण विकास समिति र अतिरिक्त हुलाक कार्यालय गरी ६ संस्था पूर्णरुपमा खारेज हुने भएका छन् ।

त्यसैगरी  अनुसार २० मध्ये अन्य १४ संस्था तथा समिति भने मन्त्रालय तथा अन्य सरकारी विभाग मातहत चल्ने भएका छन् ।

जसमा राष्ट्रिय दुग्ध विकास बोर्ड, टिकट व्यवस्थापन कार्यालय,जिल्ला निर्वाचन कार्यालयहरू (जिल्ला प्रशासन कार्यालयमा इकाईमा राखिने), तथ्यांक कार्यालयहरू (प्रदेश केन्द्रित मात्रै राखिने), भूमिगत जलस्रोत विकास समिति, रेल्वे बोर्ड, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र,राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल इन्टर मोडल यातायात विकास समिति, पर्वतीय प्रशिक्षण विकास समिति, रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेर एक बनाइने, जलस्रोत अनुसन्धान तथा विकास केन्द्र, बुढीगण्डकी जल विद्युत आयोजना, वातावरण, मुआब्जा, वितरण पुनर्वास तथा पुनर्स्थापना इकाइ र फिलाटेलिक तथा टिकट व्यवस्थापन कार्यालय रहेका छन् ।

 


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक