back
CTIZAN AD

मनाइयो गङ्गादशहरा पर्व, के छ त यस्को महत्तव ?

वि.सं.२०८० जेठ १६ मंगलवार

636 

shares

काठमाडौँ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म दश प्रकारका पाप नाश होस् भन्ने कामनाले गरिने गङ्गादशहरा पर्व विभिन्न तीर्थस्थलमा स्नानसहित पूजा आराधना गरेर मनाइएको छ ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी, वाग्मती नदीका विभिन्न तीर्थस्थल, देवघाट, त्रिवेणी, रिडीलयायत स्थानका तीर्थस्थलमा स्नान गरेमा दश जन्मदेखिका पाप नाश हुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईको भनाइ रहेको छ ।
दश दिनको अवधिमा तीर्थस्थल गएर वा जान नसकेमा घरमै तीर्थ आह्वान गरी स्नान गरेमा दश प्रकारका पाप हरण हुने मान्यता छ । ज्येष्ठ शुक्ल पक्षका दश दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ ।
कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पु¥याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्ने जस्ता अञ्जानमा गरिएका पाप यस अवधिमा गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।
यसैका लागि स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । यी दश दिनमा सुन्दरीजलस्थित वाग्मती र शैलमती मिसिएर बनेको सिद्धगयामा गङ्गादशहरा मेला लाग्ने गर्छ । सिद्धगयामा बिहानैदेखि वृहत् मेला लागेको स्थानीयवासी सुशील सिम्खडाले बताए । सिद्धगया तीर्थका बारेमा स्कन्दपुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सुन्दरीजलको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा सिद्धगया तीर्थ पर्दछ । वाग्मती र शैलमतीको सङ्गममा रहेको सिद्धगयामा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
यस अवधिमा सिद्धगयाका साथै कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गममा रहेको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणीसङ्गमलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप दश दिने अवधिमा स्नान गरेर नाश हुने विश्वासमा गङ्गा दशहरा भनिएको धर्मशास्त्रविद् भट्टराईले बताए ।

हत्यामोचनघाटमा गङ्गा दशहरा स्नान मेला

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि स्नान मेला लागेको छ । हत्यामोचनघाट गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बूका अनुसार यहाँ सयौँ भक्तजनले स्नानसहित पूजा आराधना गरेका छन् ।
यहाँ उपस्थित भएका भक्तजनले वाग्मती नदी किनारमा स्नानसहित शिव मन्दिरमा गङ्गा दशहराको विशेष पूजा गरेका छन् । यहाँ पञ्चायतकालसम्म हजारौँ भक्तजन गङ्गा दशहरा स्नानसहित पूजा आराधनाका लागि आउने गरेकामा वाग्मती प्रदूषित भएसँगै मेला लोप भएको थियो ।
पछिल्लो समय वाग्मती सफाइ महाअभियानका कारण नदी सफा हुन थालेपछि यहाँको मेलाको पुनर्जागरण हुन थालेको छ । पौराणिक कथा अनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेश अनुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पाप मोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको हो । यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पाप मोचन भएको थिएन ।
पापमोचनस्वरुप परशुरामकी आमा रेणुकाले पुनर्जीवन पाएको पौराणिक कथन छ । दश दिने अवधिमा जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्र, व्यतिपात योग, वर करण, आनन्द योग, कन्या राशिको चन्द्रमा र वृष राशिमा सूर्यको दश योग पर्छ । यस अवसरमा भगवान् रामले स्थापना गरे रामेश्वर धाममा पनि विशेष मेला लाग्ने गर्छ । यस पर्वलाई रामेश्वर गङ्गा पूजाका रुपमा समेत मनाइन्छ ।

 

वि.सं.२०८० जेठ १६ मंगलवार १२:५६ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...