back
CTIZAN AD

पैयुमा आयोजित स्वास्थ्य शिविरमा झण्डै २६ सयले लिए सेवा

वि.सं.२०८० जेठ १६ मंगलवार

1.3K 

shares

फर्शुराम भुर्तेल । गण्डकी प्रदेश पर्वत जिल्ला पैयु गाउपालिकाको हातेमालो चोकमा सम्पन्न बृहद स्वास्थ शिविरमा झण्डै २६ सयलाई स्वास्थ सेवा प्रदान गरीएको छ ।

पैँयु गाउपालिका, रोटरी क्लव अफ नारायणी मिडटाउन र मौलाकालिका अस्पतालको समन्वय तथा सहयोगमा जेठ १३ गते हुवास हेल्थपोष्टमा आयोजित बृहद शिविरमा ठुलो संख्यामा नागरीकले सेवा लिएका हुन ।

पैयु गाउपालिकाका अध्यक्ष राज मल्ल, रोटरी क्लव अफ नारायणी मिडटाउन चितवनका अध्यक्ष स्वेता उपाध्याय र मौलाकालिका अस्पताल भरतपुरका प्रबन्ध निर्देशक डा केशवराज भुर्तेलको समन्वयमा सम्पन्न सो शिविरमा पाठेघर, मुखको क्यान्सर, ब्लड क्यान्सरको परीक्षण सेवा, स्त्री तथा प्रसुति र निःसन्तान सेवा सम्बन्धि परीक्षण, ब्लड प्रेसर, सुगर, दम, मुटु र पेट सम्बन्धि जाँच तथा सेवा, बालरोग, हाडजोर्नी, छाला तथा यौनरोग, दांत, गींजा र आखा सम्बन्धि जांच तथा सेवा, नाक, कान घांटी जाँच र सेवा, एक्सरे, भीडियो एक्सरे, ईसिजी तथा सुगर परीक्षण सेवा सहित निशुल्क औषधिको ब्यबस्था गरिएको थियो ।

पर्वतको पैयु गाउपालिका २ भर्मामा जन्मेका डा भुर्तेलको बिशेष पहलमा सम्पन्न सो शिविरमा वरिष्ठ प्रसुतिरोग बिशेषज्ञ डा केशवराज भुर्तेलसंगै डा रमेश पौडेल, डा.सुरेश प्रधान (प्लास्टिक र सामान्य सर्जरी), इएएनटी डा लक्ष्मी खडका, बालरोग डा बिष्णु पराजुली, फिजीसीयन डा बिनोद पौडेल, हाडजोर्नी डा. पुष्प भुसाल, छाला डा अचुत पोखरेल, डा पूजा पौडेल, एनेस्थेसिया डा शान्ति भुर्तेल, रेडियोलोजि डा रजनिश मानन्धर, ब्रेष्ट क्यान्सर डा. अस्मिता न्यौपाने, फिजिसियन डा. अनुपा देवकोटा पौडेल र आँखा सम्बन्धि संपूर्ण सेवा हिमालयन आँखा अस्पताल पोखराले उपलब्ध गराएको थियो ।

सो शिवीरमा आयुर्वेद सेवा पनि उपलब्ध गराईएको थियो । पैयु गाउँपालिकाको जनस्वास्थ प्रमुख देवि भुर्तेलका अनुसार सो शिविरमा हाडजोर्नी तथा नशारोगतर्फ ३५७ महिला र १४६ पुरुष गरी ५०३, स्त्री रोगतर्फ २१४, नाक कान घाँटीतर्फ ११७ महिला र ५९ पुरुष गरी १७६, सामान्य एक्सरेतर्फ ४६ र ल्याबतर्फ १३२, आँखातर्फ १८५ महिला र १२२ पुरुष गरी ३०७, पेट, छाति तथा मुटुरोगतर्फ २२५ महिला र १३४ पुरुष गरी ३५९, बालरोगतर्फ ३५ महिला र ४२ पुरुष गरी ७७, छाला तथा यौनरोग तर्फ ११४ महिला र ५२ पुरुष गरी १६६, दन्तरोगतर्फ १८९ महिला र १६६ पुरुष गरी ३५५, अल्ट्रासाउन्डतर्फ ४२० र ईसीजीतर्फ ७७ गरी ४९७ र आयुर्वेदतर्फ ३०५ महिला र १५२ पुरुष गरी ४५७ जनाले सेवा लिएका थिए ।

सेवाग्राहिको संख्या जम्मा ३२८९ पुगेको उक्त शिविरमा केहि नागरिकले एक भन्दा बढि सेवा लिएका थिए । सो संख्या घटाउँदा पनि २६ सय बढि नागरीकले शिविरबाट लाभ लिएको आंकलन गरीएको छ ।

सो मध्ये महिला सेवाग्राहिको संख्या १८०० को हाराहारीमा रहेको देखिन्छ । बैदेशिक रोजगारीमा बढि पुरुष गएको र महिलाहरु आधारभुत स्वास्थबाट पनि बिमुख हुदै आएका कारण यस्तो भएको हुनसक्ने बताईएको छ ।

पर्वतको पैयुमा यति धेरै बिधाका बिशेषज्ञ डाक्टर पुगेर सेवा प्रदान गरीएकोमा समाजसेवी कृष्ण श्रेष्ठले सम्बन्धित सबैप्रति आभार ब्यक्त गरेका छन् ।

शिविरको मुख्य ब्यवस्थापन गर्ने पैयु गाउपालिकाका प्रमुख राज मल्लले झण्डै ३ हजार नागरीकले स्वास्थसेवा पाएकोमा खुशि ब्यक्त गर्दै अब स्थायी संरचनाको तयारी भएको बताएका छन् ।

सोचे भन्दा बढि उपस्थित भएका कारण ब्यबस्थापनमा कमजोरी हुन पुगेपनि पैयु गाउपालिका, प्रदेश सांसद लगायतका जनप्रतिनिधि, राजनैतिक दलका कार्यकर्ता तथा सामाजिक अभियन्ताहरुको सहयोगबाट सो प्रयास भएको डा केशव भुर्तेलले बताएका छन । उनले रोटरी क्लव अफ नारायणि मिडटाउन, मौलाकालिका अस्पताल चितवन र हिमालयन आखा अस्पतालको सहयोगप्रति आभार ब्यक्त गरेका छन ।

‘पैयुँ आधारभूत अस्पताल’ को सेवा शुभारम्भ

पर्वतको पैयुँ गाउँपालिकामा ‘पैयुँ आधारभूत अस्पताल’ को सेवा शुभारम्भ भएको छ ।
पैयुँ ४, हुवासमा रहेको हुवास स्वास्थ्य चौकीको स्तरबृद्धि गरी ‘पैयुँ आधारभूत अस्पताल’ को सेवा शुभारम्भ भएको हो । गण्डकी प्रदेशसभा सदस्य मित्रलाल बस्यालले सो सेवाको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’, पैयुँ गाउँपालिका १ टकलाकका वडा अध्यक्ष मिनप्रसाद न्यौपाने, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछाने लगायतले भौतिक पूर्वाधार बनिनसकेको अवस्थामा मौजुदा पूर्वाधार र जनशक्तिका आधारमा अन्य जनशक्ति पालिकाको तर्फबाट व्यहोर्ने गरी जनताको आवश्यकीय स्वास्थ्य सेवा उपलब्ध गराउने बताएका थिए ।

वि.सं.२०८० जेठ १६ मंगलवार १३:०४ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...