back
CTIZAN AD

भारतीय संसद भवनमा रहेको नक्शामा नेपालले नोटिश गरेको छ–मन्त्री बस्नेत

वि.सं.२०८० जेठ १६ मंगलवार

987 

shares

काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतको नयाँ संसद भवनको भित्तामा राखिएको नक्शामा सरकारले नोटिश गरेको बताएका छन् ।

भारतले आफ्नो संसद भवनमा राखेको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको लुम्बिनी, बिराटनगर पनि राखिएको पाइएपछि त्यसको सर्वत्र चासो बढेको छ ।

यसै विषयलाई लिएर संसदको पूर्वाधार समितिको बैठकमा सांसद ठाकुर गैरे लगायतका सदस्यहरुले राखेको जिज्ञासामा मन्त्री बस्नेतले उक्त नक्शा कुन प्रकृतिको हो भनेर बुझ्न आवस्यक रहेको समेत बताएका थिए ।

‘नोटिसमा छ । कुन प्रकृतिको हो भन्ने बुझ्न आवस्यक छ ।’ उनले भने ।

उक्त विषयमा सोमबारदेखि नै विभिन्न विज्ञहरुले यस विषयमा सरकारको धारणा माग गर्दै आइरहेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सम्बन्धीत निकायले जवाफ दिनुपर्ने बताएका थिए ।

त्यसैगरी राजनीतिक विश्लेषक डा. प्रेम सिंह बस्न्यातले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले आफ्नो नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु राखेर अपमान गरेको समेत आरोप लगाएका थिए ।

भारतले ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा किन राख्यो नेपालको लुम्बिनी र विराटनगर ?

 

वि.सं.२०८० जेठ १६ मंगलवार १३:३३ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...