Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतीय संसद भवनमा रहेको नक्शामा नेपालले नोटिश गरेको छ–मन्त्री बस्नेत



काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतको नयाँ संसद भवनको भित्तामा राखिएको नक्शामा सरकारले नोटिश गरेको बताएका छन् ।

भारतले आफ्नो संसद भवनमा राखेको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको लुम्बिनी, बिराटनगर पनि राखिएको पाइएपछि त्यसको सर्वत्र चासो बढेको छ ।

यसै विषयलाई लिएर संसदको पूर्वाधार समितिको बैठकमा सांसद ठाकुर गैरे लगायतका सदस्यहरुले राखेको जिज्ञासामा मन्त्री बस्नेतले उक्त नक्शा कुन प्रकृतिको हो भनेर बुझ्न आवस्यक रहेको समेत बताएका थिए ।

‘नोटिसमा छ । कुन प्रकृतिको हो भन्ने बुझ्न आवस्यक छ ।’ उनले भने ।

उक्त विषयमा सोमबारदेखि नै विभिन्न विज्ञहरुले यस विषयमा सरकारको धारणा माग गर्दै आइरहेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सम्बन्धीत निकायले जवाफ दिनुपर्ने बताएका थिए ।

त्यसैगरी राजनीतिक विश्लेषक डा. प्रेम सिंह बस्न्यातले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले आफ्नो नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु राखेर अपमान गरेको समेत आरोप लगाएका थिए ।

भारतले ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा किन राख्यो नेपालको लुम्बिनी र विराटनगर ?

 


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।