back
CTIZAN AD

पार्टीलाई राजनैतिक, बैचारिक तथा सबै दृष्टिले नयाँ बनाउने चुनौति छः प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८० जेठ १६ मंगलवार

858 

shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई राजनैतिक, बैचारिक, सांगठनिक र साँस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौति रहेको बर्ताका छन् ।

आज दिउँसो केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा रहेका कमरेडहरुलाई उचित सम्मान र जिम्मेवारी दिन सकिएको छैन ।’ प्रचण्डले भने ।

उनले पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन बिचारलाई स्पष्ट गर्ने, संगठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको बताए ।

उनले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको बताए ।
‘हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौं, राष्ट्रिय सहमतिको नेतृत्वको लिन पनि सक्षम भएका छौं ।’ उनले भने ।

एनले विगतका अनुभवका आधारमा यसपटक सरकारको नेतृत्व भिन्न ढंगले संकल्पका साथ लिएको बताउदै भने– ‘देशको अहिलेको आर्थिक स्थितिलाई सहजीकरण गर्ने र जनतामा सेवा प्रवाहलाई सरल गर्ने कार्यमा लागेका छौं ।’

उनले राजनीतिक परिवर्तन भए पनि राष्ट्र र जनताको जीवनमा यसको प्रतिष्ठा अभिवृद्धि गर्ने कुरामा खासै परिवर्तन नभएको बताए । ‘यसको फाइदा जनतालाई भ्रम दिनेहरुबाट हुन थालेको छ । त्यसका लागि अब जनतामा नयाँ आन्दोलन वा नयाँ खालको क्रान्तिको आवश्यकता भएको छ । त्यो हामीले गर्दा मात्र सम्भव छ । अरुले गर्दा यो सम्भव हुने कुरा होइन, ! उनले भने, ‘त्यहि दृढ संकल्पका साथ सुरु गरिएको आन्दोलन हो, यो भ्रष्टाचार विरुद्धको आन्दोलन । देशमा विद्यमान विकृति विसंगतिका विरुद्धको आन्दोलन हो ।’

उनले यो मात्र नभएर अब अन्य यस्ता फाइलहरु पनि क्रमशः खोलिने बताए ।

‘ठूल्ठूला भ्रष्टाचारका काण्ड भनेर स्थापित छन्, तिनको खोजिनीति गरिन्छ । यसले जनतामा अब केही हुन्छ भन्ने विश्वास जगाउँछ । हामीले वर्षौंदेखि थुप्रिएर बसेको विसंगति रातारात अन्त्य हुने कुरा पनि होइन ।’

प्रचण्डले भोलीदेखि हुने भारत भ्रमणका बारेमा स्पष्ट गर्दै नेपाल राष्ट्रको हितमा दुई देशबीच केही नयाँ होस् भन्ने आफूले चाहेको बताउँदै भने– ‘भोलिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मैले चाहेको छु ।’

उनले विद्युत, सीमा, पारवहन लगायतका विषयमा राम्रो गर्ने आफ्नो चाहना भएको बताए ।

‘देशभित्र मात्र होइन देश बाहिर पनि आफूले राम्रो मात्र गर्ने राम्रो गर्न नसके नराम्रो चै गर्दै नगर्ने संकल्प गरेको छु । केही राम्रो गर्नका लागि बिहानदेखि बेलुकासम्म म युद्धको बेलामा भन्दा व्यस्त छु ।’

वि.सं.२०८० जेठ १६ मंगलवार १५:२८ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...