Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

पार्टीलाई राजनैतिक, बैचारिक तथा सबै दृष्टिले नयाँ बनाउने चुनौति छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई राजनैतिक, बैचारिक, सांगठनिक र साँस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौति रहेको बर्ताका छन् ।

आज दिउँसो केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित केन्द्रीय सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चमा रहेका कमरेडहरुलाई उचित सम्मान र जिम्मेवारी दिन सकिएको छैन ।’ प्रचण्डले भने ।

उनले पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन बिचारलाई स्पष्ट गर्ने, संगठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको बताए ।

उनले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको बताए ।
‘हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौं, राष्ट्रिय सहमतिको नेतृत्वको लिन पनि सक्षम भएका छौं ।’ उनले भने ।

एनले विगतका अनुभवका आधारमा यसपटक सरकारको नेतृत्व भिन्न ढंगले संकल्पका साथ लिएको बताउदै भने– ‘देशको अहिलेको आर्थिक स्थितिलाई सहजीकरण गर्ने र जनतामा सेवा प्रवाहलाई सरल गर्ने कार्यमा लागेका छौं ।’

उनले राजनीतिक परिवर्तन भए पनि राष्ट्र र जनताको जीवनमा यसको प्रतिष्ठा अभिवृद्धि गर्ने कुरामा खासै परिवर्तन नभएको बताए । ‘यसको फाइदा जनतालाई भ्रम दिनेहरुबाट हुन थालेको छ । त्यसका लागि अब जनतामा नयाँ आन्दोलन वा नयाँ खालको क्रान्तिको आवश्यकता भएको छ । त्यो हामीले गर्दा मात्र सम्भव छ । अरुले गर्दा यो सम्भव हुने कुरा होइन, ! उनले भने, ‘त्यहि दृढ संकल्पका साथ सुरु गरिएको आन्दोलन हो, यो भ्रष्टाचार विरुद्धको आन्दोलन । देशमा विद्यमान विकृति विसंगतिका विरुद्धको आन्दोलन हो ।’

उनले यो मात्र नभएर अब अन्य यस्ता फाइलहरु पनि क्रमशः खोलिने बताए ।

‘ठूल्ठूला भ्रष्टाचारका काण्ड भनेर स्थापित छन्, तिनको खोजिनीति गरिन्छ । यसले जनतामा अब केही हुन्छ भन्ने विश्वास जगाउँछ । हामीले वर्षौंदेखि थुप्रिएर बसेको विसंगति रातारात अन्त्य हुने कुरा पनि होइन ।’

प्रचण्डले भोलीदेखि हुने भारत भ्रमणका बारेमा स्पष्ट गर्दै नेपाल राष्ट्रको हितमा दुई देशबीच केही नयाँ होस् भन्ने आफूले चाहेको बताउँदै भने– ‘भोलिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मैले चाहेको छु ।’

उनले विद्युत, सीमा, पारवहन लगायतका विषयमा राम्रो गर्ने आफ्नो चाहना भएको बताए ।

‘देशभित्र मात्र होइन देश बाहिर पनि आफूले राम्रो मात्र गर्ने राम्रो गर्न नसके नराम्रो चै गर्दै नगर्ने संकल्प गरेको छु । केही राम्रो गर्नका लागि बिहानदेखि बेलुकासम्म म युद्धको बेलामा भन्दा व्यस्त छु ।’


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।