Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आज जेठ १९ गते शुक्रबारको राशिफल भन्छ–आज यी ४ राशिकालाई हुनेछ विशेष लाभ !



मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
केही खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्नेछ। व्यवसायको सन्दर्भमा पनि रमाइलो यात्रा हुनेछ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
ठूला व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सावधानीसाथ काममा उत्रनुपर्ला। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला। कृषि, पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। तापनि मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। लाभांश खर्च भए पनि व्यापार बढ्नेछ। प्रतिस्पर्धीलाई व्यवहारले उछिन्न सकिनेछ। अप्ठ्यारो समयमा अग्रजहरूले साथ दिनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर प्राप्त भए पनि परिस्थितिवश चिताएका काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर मात्र अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा पहिले रोकिएका काम सम्पादन हुनेछन्। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आकस्मिक खर्च बढे पनि आवश्यक पर्दा सरसापटमार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति समेत आउन सक्छ। राम्रै आम्दानी भए पनि परिस्थितिले खर्च गराउनेछ। सामान्य काममा पनि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। पछिका लागि गरिएको लगानी भने फाइदाकारक रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ जिम्मेवारी पाइनेछ। तर, उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। स्वार्थका लागि सम्बन्ध गाँस्नेहरूले धोका दिनेछन्। समयमा लगनशील बन्न नसक्ता अलि पछि परिनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। संघर्षपूर्ण काम गर्नुपरे पनि जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
श्रम परे पनि सानो प्रयत्नले लक्ष्यमा पुर्याउनेछ। तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। केही समय प्रतीक्षा गर्नुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ।

२०८० जेठ १९ गते, शुक्रवार, (२ जुन २०२३)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज जेठ १८ गते बिहीबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।