back
CTIZAN AD

काठमाडौं भित्रिने लामो दूरीका सवारी गोंगवु बसपार्कमा मात्र रोक्न महानगरको निर्देशन

वि.सं.२०८० जेठ १९ शुक्रवार

954 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रने लामो दूरीका सवारी साधन गोंगवुस्थित नयाँ बसपार्कमा मात्र रोक्न निर्देशन दिएको छ ।

काठमाडौँ महानगरपालिका ट्राफिक बिज्ञ सल्लाहकारको सचिवालयले सरोकारवाला सबैसँगको बैठकबाट यहि असार १ गतेदेखि कडाईका साथ लागू हुने गरी उक्त निर्णय गरिएको हो ।

‘काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सन्चालन हुने यात्रुबाहक सवारी साधन नयाँ बसपार्क गोंगवुबाट मात्र छुटनुपर्ने व्यवस्था कार्यान्वनयको विषयमा बसेको बैठकले उक्त निर्णय गरेको महानगरद्वारा जारी सूचनामा उल्लेखछ ।

‘बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडक खण्डमा जथाभावि यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन सकेको छैन ।’ महानगरद्वारा जारी सूचनामा भनिएको छ ।

असार १ गतेदेखि नयाँ बसपार्क भन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबाहक सवारी साधन सन्चालन गर्न सूचित गर्दै महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत लिएका लामो दूरीका सवारी साधानहरुको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निशेध गरिएको सूचनामा उल्लेखछ ।

 

 

वि.सं.२०८० जेठ १९ शुक्रवार १०:५४ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...