
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रने लामो दूरीका सवारी साधन गोंगवुस्थित नयाँ बसपार्कमा मात्र रोक्न निर्देशन दिएको छ ।
काठमाडौँ महानगरपालिका ट्राफिक बिज्ञ सल्लाहकारको सचिवालयले सरोकारवाला सबैसँगको बैठकबाट यहि असार १ गतेदेखि कडाईका साथ लागू हुने गरी उक्त निर्णय गरिएको हो ।
‘काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सन्चालन हुने यात्रुबाहक सवारी साधन नयाँ बसपार्क गोंगवुबाट मात्र छुटनुपर्ने व्यवस्था कार्यान्वनयको विषयमा बसेको बैठकले उक्त निर्णय गरेको महानगरद्वारा जारी सूचनामा उल्लेखछ ।
‘बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडक खण्डमा जथाभावि यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन सकेको छैन ।’ महानगरद्वारा जारी सूचनामा भनिएको छ ।
असार १ गतेदेखि नयाँ बसपार्क भन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबाहक सवारी साधन सन्चालन गर्न सूचित गर्दै महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत लिएका लामो दूरीका सवारी साधानहरुको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निशेध गरिएको सूचनामा उल्लेखछ ।