back
CTIZAN AD

विस्फोटन गराउँदा क्षति भएका घरको क्षतिपूर्ति दिइने

वि.सं.२०८० जेठ १९ शुक्रवार

930 

shares

दमौली ।तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधको काममा विस्फोटन गराउने क्रममा क्षति भएका घरको क्षतिपूर्ति रकम दिइने भएको छ ।प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले बाँध निर्माणका लागि सेती नदीको दुवैतर्फको स्लोप कटानका लागि विस्फोटन गराउँदा घर संरचनामा क्षति पुगेकाले क्षतिपूर्ति रकम दिने निर्णय गरेको हो ।

व्यास नगरपालिका–५ बेतेनीका नौ र ऋषिङ–१ लोक्मामा नौ घरपरिवारको घर संरचनामा पुगेको क्षतिका आधारमा क्षतिपूर्ति निर्धारण उपसमितिले तयार गरेको प्रतिवेदनबमोजिम क्षतिपूर्ति रकम दिने निर्णय भएको आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए।साथै प्याकेज–१ का संरचनाको निर्माण कार्यबाट बाँधस्थल वरपरका बस्तीमा कम्पन, आवाजसँगै धुलोलगायतबाट प्रत्यक्ष असर परेका व्यास–५ बेतेनी क्षेत्रका १६ घरधुरीलाई परिवार सङ्ख्याका आधारमा विसं २०८० फागुन ९ गतेसम्म क्षतिपूर्तिबापत रकम उपलब्ध गराउने निर्णय भएको छ । आयोजना निर्माणस्थल वरपर रहेका बस्तीमा भविष्यमा आउनसक्ने यस्तै प्रकारका असरको स्थलगत निरीक्षण गरी थप छलफल गर्ने तयारी गरिएको शिल्पकारले बताए।

प्याकेज–२ का संरचना निर्माणका लागि व्याचिङ प्लाण्ट सञ्चालन गर्दा ऋषिङ–१ मालिङ्गास्थित एक घरपरिवारको बस्नै नसक्ने गरी जोखिमपूर्ण अवस्था रहेकाले प्राविधिकबाट तयार गरिएको उक्त घरको मूल्याङ्कन प्रतिवेदनबमोजिम आयोजनाका तर्फबाट क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय भएको शिल्पकारले बताए।आयोजनाका हाल तीन वटै प्याकेजको काम भइरहेको छ । प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युत्गृह, मुख्य सुरुङ र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कार्य गरिरहेको छ । विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ ।

प्याकेज–१ अन्तर्गत डाइभर्सन सुरुङ–१ को माथिल्लो भाग वारपार ९ब्रेक थु्र० भएपश्चात् हाल यसलाई सडक सुरुङका रुपमा प्रयोगमा ल्याइएको जनाइएको छ । त्यस्तै रकबोल्ट जडान, गुणस्तर परीक्षण तथा थप सटक्रिटका कार्य जारी रहेको आयोजनाले जनाएको छ ।

प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका क्रममा हालसम्म ५२ टावरको जग हाल्ने कार्य सकिएको छ । झण्डै ३३ टावरको जडान कार्य भएको छ भने शुन्य दशमलव नौ हजार आठ सय ८३ किलोमिटर तार तान्ने काम सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारले जानकारी दिए । नौ वटा टावरको जग संरक्षण सम्पन्न भएको, एक स्थानमा टावर जडान, एक स्थानमा संरक्षण कार्य र सात स्थानमा जग हाल्ने कार्य भइरहेको बताए।आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाईकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

वि.सं.२०८० जेठ १९ शुक्रवार १२:५६ मा प्रकाशित

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...