back
CTIZAN AD

आचार्य समाजले काठमाडौंमा आफ्नै भवन बनाउने

वि.सं.२०८० जेठ २१ आइतवार

1.5K 

shares

काठमाडौं । कोडिन्य गोत्रिय आचार्यहरुको केन्द्रीय छाता संगठन आचार्य बन्धु समाज केन्द्रीय समितिले आचार्य सेवा सदन बनाउने निर्णय गरेको छ । नवौं अधिवेशनबाट चुनिएको नयाँ कार्यसमितिको पहिलो बैठकले आफ्नै भवन निर्माणका लागि जग्गाप्राप्तिदेखि निर्माण सम्पन्नसम्मका लागि समितिहरु गठन गर्ने निर्णय गरेको समाजका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।

समाजको केन्द्रीय कार्यालय मध्यबानेश्वरमा शनिबार बसेको बैठकले देशभर रहेका आचार्य बन्धुहरुको तस्बिर र सम्पर्क नम्बर सहितको आचार्य डाइरेक्टरी प्रकाशन गर्ने निर्णय गरेको छ । प्रकाशनका लागि समाजका महासचिव शुभनराज आचार्यको संयोजकत्वमा सचिव इन्द्र आचार्य, कोषाध्यक्ष पबित्रा बजगाईँ आचार्य सहित सदस्य रहेको समिति गठन भएको छ । यसैगरी बृहत आचार्य वंशावली प्रकाशन गर्ने निर्णयसमेत भएको छ ।

यसका लागि लब्ध प्रतिष्ठित, अनुसन्धाता, विद्वान तथा नव खोजकर्ताहरुको सक्रियतामा “घर–घरमा पुगेर, सबैको बुझेर” भन्ने अभियान नै चलाएर वंशावली बनाउँन बृहत समिति निर्माण गर्ने निर्णय समेत भएको छ । केही प्रतिष्ठित व्यक्तिहरुलाई प्रस्ताव गर्ने निर्णय भएको छ महासचिव शुभन राज आचार्यले बताए ।

समाजले बन्धु कल्याण कोष स्थापना गर्ने निर्णय समेत गरेको छ । बृहत राशिको कल्याण कोष स्थापना गर्ने, कोषबाट भवितव्य, रोगव्याधी, विपन्नता, आर्थिक संकटमा परेर सहयोग जरुरी रहेका आचार्यहरुलाई सहयोग गर्ने, उज्जवल भविष्यको सम्भावना भएकाहरुलाई साथ दिने तथा विभिन्न पुरस्कारहरु घोषणा गरेर प्रदान गर्ने उदेश्य सहित सञ्चालन निर्देशिका तयार गर्न अधिवक्ता समेत रहेका महासचिव शुभन राज आचार्यलाई जिम्मेवारी तोकेको छ ।

बैठकले विभिन्न विभाग गठन गरेर जिम्मेवारी समेत तोकेको छ । नागरिक अभिनन्दन, सम्मान तथा समाज कल्याण विभाग गठन गरेर पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यका सुपुत्र कृषि उद्यमी एवम् समाजका उपाध्यक्ष वीरभद्र आचार्यलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

विदेश विभाग प्रमुखमा डा. सुरेश आचार्य, प्रेस तथा सञ्चार विभाग प्रमुख सचिव इन्द्र आचार्य, कर्मचारी विभाग प्रमुख भूमिराज आचार्य, सूचना प्रविधि (आईटी) प्रमुखको जिम्मेवारी राज आचार्यले पाएका छन् । सचिव इन्द्र आचार्यको संयोजकत्वमा गठीत प्रचार विभागको सदस्यमा मच्छिन्द्र आचार्यसहितको समित बनाइएको छ । ‘आचार्य सेवा सदन’ निर्माणको संयोजकत्व समाजका अध्यक्ष बाबुराम आचार्यले गरेका छन् भने सदस्यमा रामहरी आचार्यलगायत रहेका छन् ।

यही असार १५ गते बानेश्वरस्थीत कृष्णभोग पार्टी प्यालेसमा दिनको ३ बजे बृहत बन्धु भेला तथा अपनत्व सम्वादसहित दही च्यूरा ग्रहण गर्ने कार्यक्रम आयोजनाको निर्णय भएको सचिव इन्द्र आचार्यले बताए।

वि.सं.२०८० जेठ २१ आइतवार ११:१६ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...