फर्शुराम भुर्तेल, कावासोती । गण्डकी प्रदेश नवलपुर जिल्लाका बुद्धिजीवीहरुको एक भेलाले घनश्याम भुसाललाई संयोजक चयन गरेको छ ।
नेपाल बुद्धिजीवी संगठन, नवलपुरको शनिवार सम्पन्न भेलाले संयोजकमा घनश्याम भूषाललाई चयन गरेको हो । सो भेलाबाट १७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको जनाईएको छ ।
सो समितिको सहसंयोजकमा चुडा बहादुर आले र सदस्यहरूमा डा. गोपाल लम्साल, डा सूर्य प्रसाद भट्टराई, जगतप्रसाद भट्टराई, देवी प्रसाद सुवेदी, कृष्णचन्द्र गिरी, भीम सिर्पाली, पुष्पराज भण्डारी, मुरारी लम्साल, रूक्मागत शर्मा, चिन्तामणी पौडेल, दुर्गादत्त घिमिरे, शशिकुमार भुजेल, दुर्गा पोख्रेल, निर्मल दाहाल लगायत रहेका छन् ।

संगठनका पूर्वउपाध्यक्ष चुडाबहादुर आले मगरको अध्यक्षता र कृष्णचन्द्र गिरीले सहजीकरण गरेको सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) वरिष्ठ केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज किशन शर्मा गैरे, वैकल्पिक केन्द्रीय सदस्य धनप्रसाद सापकोटा, वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला संयोजक बालकृष्ण रानाभाट लगायतले बुद्धिजीवीहरुका बर्तमान अभिभाराका बारेमा धारणा राखेका थिए ।
वि.सं.२०८० जेठ २१ आइतवार १३:५३ मा प्रकाशित





























