काठमाडौँ । जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गरेका दुईजना भाग्यशाली विजेता घोषित भएका छन् । विजेताहरुमा प्रज्वल केसी र निरज कुशुवाह रहेको कम्पनीले जनाएको छ ।
गत फागुन २१ देखि बैशाख मसान्तसम्म संचालनमा रहेको स्किम अवधिमा जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने सेवाग्राहीहरू मध्ये “लक्की ड्र’’ मार्फत दुई भाग्यशाली विजेतालाई थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्ने घोषणा गरेको थियो । सो स्किमको नतिजा बुधाबर सार्वजनिक गरिएको थियो ।लक्कि ड्र बिजेता केसी र कुशुवाहाले ४ रात र ५ दिनका लागि उपहार स्वरुप थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन् ।
युवा उद्यमीहरूको समूहद्वारा प्रवद्र्घन गरिएको जोय ग्रुपद्वारा संचालित जिओ मोबाइल नेपालकै व्यापारीक केन्द्र पाकोस्थित न्यूरोडको ताम्राकार कम्प्लेक्समा अवस्थित छ ।
सो विक्री केन्द्रमा समय समयमा सेवाग्राहीमुखी यस्ता स्किम सार्वजनिक गरिँदै आएको पनि स्टोरद्वारा जारि गरिएको विज्ञप्तिमा छ ।
वि.सं.२०८० जेठ २१ आइतवार १३:११ मा प्रकाशित





























