काठमाडौं । प्रदेश नम्बर १ का बुद्धिजीवीहरुले राष्टिय महत्वका बिषयहरुमा छलफल चलाउदै संगठन अभियान अघि बढाउने निर्णय गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका सहईन्चार्ज सावित्रि कुमार काफले ‘समर’ को प्रमुख आतिथ्यतामा आयोजित बिस्तारीत बैठक तथा अन्तरक्रिया कार्यक्रममा प्रदेशका १४ वटै जिल्लामा अभियान अघि बढाउने निर्णय भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका नेता काफलेले बुद्धिजीवीहरुको मुख्य अभिभारा सत्य अन्वेषण भएको बताउदै संगठन अघि बढाउन पार्टीको पूर्ण सहयोग रहने बताएका थिए ।
कार्यक्रमका बिशिष्ट अतिथि नेपाल बुद्धिजीवी संगठनका संयोजक कृष्णराज केसीले बर्तमान राजनीति र बुद्धिजीवीहरुको भुमिका, सहसंयोजक नीलकण्ठ तिवारीले संगठन निर्माण र परीचालन, कार्यालय सदस्य लक्ष्मी प्रसाद पंडितले संगठनको ईतिहांस र संरचना, निवर्तमान उपाध्यक्ष भानु भण्डारीले भूराजनीति र हाम्रा बुझाई, संगठनका वरिष्ठ केन्द्रीय सदस्य जंगराज गिरीले प्रदेशमा संगठनको अवस्था र संगठनका प्रदेश अध्यक्ष राधिका ओझाले नेपाल सरकारको बजेट २०८०÷८१ सम्बन्धि संक्षिप्त धारणा राखेका थिए ।

राधिका ओझाको अध्यक्षता, घनश्याम शर्माको संचालन र खोमा उपे्रती अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको सो कार्यक्रममा महेन्द्र प्रसाद आचार्य,कुमार काफले, फुलेश्वर यादव, ओमशंकर राई, नारायण मिश्र, तीलक कालिकोटे, यादव भण्डारी, रुद्र नेपाली, नेत्र पौडेल, श्रवण शाह, केशव तिमिल्सिना, खेमनाथ खनाल, लक्ष्मण मेघि गुरुंङ, प्रभुलाल यादव, भगिरथ भटराई, दील बहादुर दर्जी, सुमन कवाल, शैलेन्द्र कटुवाल, महेन्द्र मंडल, संगिता पोखरेल लगायतले संगठनको रिपोर्टिंग, पहिचानको आन्दोलन र सामयिक बिषय सहितका धारणा राखेका थिए ।
राधिका ओझाको अध्यक्षतामा ५१ सदस्य रहेको सो संगठनले ७५ मा नबढाई पदपूर्ति समेत गरेको छ ।
संगठनका अनुसार सो संगठनको रिक्त उपाध्यक्षमा तीलक कालिकोटे, संगिता पोखरेल र भगिरथ भटराई, सचिवमा घनश्याम शर्मा तथा कोषाध्यक्ष्यमा रुद्र नेपाली लगायत सदस्यहरुको पदपूर्ति गरिएको छ ।
वि.सं.२०८० जेठ २१ आइतवार १४:०२ मा प्रकाशित





























