Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

सन्तबहादुर, साहुको लागि इमान्दार बन्दा साउदीमा मृत्युदण्ड पाए



‘ऊ ठाउँको ठाउँ ठहरै भयो । मलाई पनि फाँसी हुन्छ भनेर लगत्तै आफूलाई पनि चक्कु हानेछु । प्रहरीले उनलाई घाइते अवस्थामा अस्पताल पुर्‍यायो ।’ सन्त दाईले आफू दोषी रहेको कबुल गरेपछि प्रहरीलाई थप अनुसन्धान गर्न समय लागेनछ । उनलाई दुई वर्षसम्म कसैसँग बोल्न र भेट्न नदिई नजरबन्दमा राखियो ।

हामी नेपालीहरूले। प्रथम र दोश्रो विश्वयुद्धमा इमान्दार र बहादुरीकै कारण कैयौँ नेपाली पुर्खाहरूले बीरगति प्राप्त गरेको इतिहास ताजै छ । अथवा, निडर, शाहसी र इमान्दारको पहिचान बनेको छ, नेपालीहरूको विश्वमै ।

मोदी गाउँपालिका–४ खुइजेरी, पर्वतका सन्तबहादुर पुन पनि २०५४ सालमा साउदी अरेवीयाको एक रोजगारदाताको सिपाही बन्न पुगेका थिए । उनको इमान्दारिता कै कारण साउदी अरेवीया गएको २६ बर्षपछि गत बिहिबार, (जेठ १८ गते) मृत्युदण्ड दिइयो पुनलाई ।

म साउदी अरेवीया छँदा (सन् २०१७ तिर) सन्त दाइसँग टेलिफोनमा कुराकानी हुने गर्दथ्यो । त्यहाँ रहँदा मैले दुखि पीडितहरूलाई उद्धार गरेर स्वदेश पठाउने गरेको जानकारी सन्त दाईले थाहा पाउनु भएको रहेछ । र, मलाई सम्पर्क गर्नु भयो ।

एक दिन अज्ञात नम्बरबाट कल आयो । ‘म गुरियत जेलबाट सन्तबहादुर पुन बोल्दैछु, सर, तपाइले दुख पाएका पीडित नेपालीहरूलाई उद्धार गर्नुहुन्छ भन्ने सुने । मलाई पनि सहयोग गर्नुहुन्छ की भनेर कल गरेको ।’ उनी अति नै भावुक भएर बोल्दै थिए । उनको बारेमा मैले सन् २०१२ तिर नै सुनेको थिएँ । त्यसैले उनको बारेमा धेरै कुराहरू सोध्न आवश्यक ठानिनँ । ‘तपाईको बारेमा मलाई सबै थाहा छ । म नेपाली राजदूताबासमा थप बुझेर खबर गर्छु,’ भनेर फोन राखिदिए ।

नेपाली राजदूताबासका तत्कालिन का.वा. राजदूत आनन्दप्रसाद शर्मालाई तुरून्तै सम्पर्क गरेर सन्तबहादुर पुनको बारेमा बुझेँ । उनको बारेमा सबै जानकारी भयो । नेपाली राजदूताबासको निरन्तर पहलकदमीका बाबजुत उनको रिहाई सफल हुन नसकेको जानकारी भयो ।

मैले सन्तबहादुरलाई कल गरेर दूताबासले दिएको सबै जानकारी सुनाएँ । अब, म पनि तपाईको उद्धारको लागि सक्ने सहयोग गर्छु – चिन्ता नगर्नु होला भनेर ढाढस दिएँ। त्यसपछि सन्तबहादुरसँग १–२ दिन बिराएर फोनमा कुराकानी हुने गर्दथ्यो । उनले मलाई आत्मीय सम्झिए । ‘तपाई म भन्दा पक्कै कान्छो हुनुहुन्छ । म तपाइलाई भाई सम्बोधन गर्छु है ?,’ भन्नु भयो र हामी दाजुभाई जस्तै भएर कुराकानी गर्न थाल्यौं । सन्त दाईको घटनाको बारेमा आंशिक जानकारी थियो, मलाई । तर, सन्त दाईकै मुखबाट घटनाको सबै विवरण सुन्न चाहेँ । उनले घटनाको विवरण यसरी सुनाए ।

सन्त दाईले साउदी अरेबियाको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा झन्डै २ सय भेडा चराउने नोकरी गर्ने रहेछन् । जुन गाउँ राजधानी रियादबाट १२ सय किलोमिटर टाढा पर्छ । साउदी गएको चार वर्षपछि एकदिन साहुका दुई सय भेडा चराउन मजराकै एक मरुभूमितर्फ लागे उनी । जहाँ एक साउदी नागरिक अल सरारी भेडा माग्न बारम्बार गोठमा आउन थाल्यो । सन्त दाईले पहिलो दिन भेडा दिएनन्, दोस्रो दिन जबर्जस्ती लैजान खोजेपछि बिरामी भेडा दिएर पन्छाए, अल सरारीलाई । यद्यपि, उक्त व्यक्तिको भेडा माग्ने क्रम भने रोकिएन ।

सन्त दाईले सम्झाउन खोजे ति साउदी नागरिक अल सरारीलाई । तर, उल्टै हप्कीदप्की गरेर जाइलाग्यो । ‘ऊ मलाई मार्न अगाडि सरेजस्तो ग¥यो । साथमा भएको चक्कु आवेशमा चलाएछन् सन्त दाईले । उसको पेटमा रोपियो । सन्त दाईले घटनाको विवरण बताइरहेका थिए ।

‘ऊ ठाउँको ठाउँ ठहरै भयो । मलाई पनि फाँसी हुन्छ भनेर लगत्तै आफूलाई पनि चक्कु हानेछु । प्रहरीले उनलाई घाइते अवस्थामा अस्पताल पु¥यायो ।’ सन्त दाईले आफू दोषी रहेको कबुल गरेपछि प्रहरीलाई थप अनुसन्धान गर्न समय लागेनछ । उनलाई दुई वर्षसम्म कसैसँग बोल्न र भेट्न नदिई नजरबन्दमा राखियो ।

‘एउटा भेडाका लागि मैले साउदी नागरिकको ज्यान लिएँ । सायद त्यो मेरो मूर्ख इमान्दारी रहेछ । भेडा दिएको भए के जान्थ्यो र ?’ सन्त दाईले घटनाको प्रायश्चित गर्दै सुनाए, ‘हामी नेपाली आफू सिद्धिएर अर्कोका लागि ज्यान दिने जात रहेछौं ।’

हो, सन्त दाईले उनको मालिकका लागि आफै सिद्धिए – साउदी नागरिक अल सरारीको ज्यान लिए । त्यो उनलाई उनको मालिकले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निभाएका थिए ।

मृतक अल सरारीका तीन छोराहरू रहेछन् । घटनाताका कान्छा छोरा ५ वर्षका मात्र थिए । नाबालक ती छोरा १८ वर्ष पुगेपछि मात्रै मृत्युदण्डको कार्यान्वयन विषयमा अर्को निर्णय गर्ने फैसला अदालतले सुनायो । मृत्युदण्ड दिन सबै परिवारको सहमति चाहिने भएपछि सन्त दाई त्यतिन्जेल कुरैयात जेलमै बस्नुपर्ने भयो । मृतकका माइलो छोरा जो फाहद इस्लामिक स्कुल (मदरसा) का शिक्षक (मुतवे) पनि रहेछ । उनले सन्त दाईलाई जेलमै भेटेर माफी दिने वचन दिएपछि उनमा जीवनदान पाउने आशा पलाएको थियो । जेठो छोरा पनि माफी दिन सहमत नै थिए । तर, कान्छो छोरा र मृतकका भाइहरू भने खुनका बदला खुन नै हुनुपर्ने भन्दै माफीको विपक्षमा उभिएका रहेछन् ।

सन् २०१८ नोभेम्बरमा म साउदी छाडेर नेपाल आएँ । म नेपाल आउनुभन्दा अगाडी सन्त दाईलाई सम्पर्क गरेर भनेको थिइन, ‘म नेपाल गएपछि नेपाल सरकारको उच्च तहमा तपाईंको रिहाइको लागि पहल गर्छु ।’ म नेपाल आएपछि केहि नेताहरूलाई भेटेर सन्तबहादुर पुनको रिहाइको लागि गम्भीर रूपले पहल गरिदिन अनुरोध पनि गरेको थिएँ । पछि त्यो कुरा राष्ट्रपति कार्यालयसम्म पुगेछ । पूर्वराष्ट्रपति विद्या भण्डारीद्वारा सन्तबहादुरलाई आममाफी दिन साउदीका राजालाई पत्राचारसम्म भएछ । तर, त्यसको पनि कुनै सुनुवाई भएन ।

सन्त दाईको रिहाईको लागि मृतकको समुदायका स्थानीय नेतामार्फत, केन्द्रीयस्तरमा रहेको आममाफी कमिटीका अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीशले पनि उनलाई माफी दिलाउन प्रयासरत गरेछन् । तर, ति सबै प्रयास र पहलहरू असफल साबित भयो ।

अन्ततः गत बिहिबार, सन् २०२३ जुन १ गते सन्त दाईलाई मृत्युदण्ड कार्यान्यन गरेछ । उनको त्यो घटना इकान्तिपुरले आज शनिबार प्रकाशित गरेको देखियो । घटनाको समाचार पढेपछि म स्तब्ध भएँ । म साउदी अरेबिया छँदा सन्तदाई जस्तै केहि आजीवन जेलजीवन बिताएका केहि नेपालीहरूलाई ब्लडमनि दिएर रिहाई गर्न सफल भएको थिएँ । यसकारण सन्त दाईलाई पनि जीवनदान हुन्छ होला भन्ने ठुलो आशा पालेको थिएँ । तर, सन्त दाईलाई उद्धार गर्न असफल भएँ । अन्ततः सन्त दाईलाई मृत्युदण्ड दिएरै छाड्यो त्यहाँको साउदीले । सन्तदाईले कुनै बेला घटनाको प्रायश्चित गर्दै सुनाएका थिए, ‘हामी नेपाली आफू सिद्धिएर अर्कोका लागि ज्यान दिने जात रहेछौं ।’ गरिबीका कारण कैयौँ नेपालीहरूले विदेशमा यसरी नै अकालमै ज्यान गुमाउन बाध्य भएका छन् ।


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।