back
CTIZAN AD

फुर्सदमा योजना छनोट गर्दै टीकापुरका जनप्रतिनिधिहरू

वि.सं.२०८० जेठ २१ आइतवार

717 

shares

टीकापुर।विगतमा चालु वर्षका योजना कार्यान्वयनको व्यस्तता एकातिर, आगामी वर्षको योजना छनोट अर्कोतिर गरेर जेठ र असारमा निकै व्यस्त रहने कैलालीको टीकापुरका जनप्रतिनिधि यस वर्ष फुर्सदमा योजना छनोट गरिरहेका छन् । यस वर्ष पालिकाले वैशाख मसान्तभित्र चालु वर्षका योजना कार्यान्वयन गरिसक्ने नीति लिएपछि वडा तहका योजना कार्यान्वयन अन्तिम चरणमा पुगेका हुन् । चालु वर्षका योजना कार्यान्वयनको काम प्रायःसबै वडामा अन्तिम चरणमा पुगेका वडाध्यक्षहरु बताउँछन् । योजना कार्यान्वयन भइसकेकाले पालिकामा भुक्तानी लिने जस्ता कार्य भइरहेका छन् । आगामी वर्षका योजना छनोटको काम फुर्सदमा भइरहेको जनप्रतिनिधि तथा कर्मचारी बताउँछन् ।

“विगतका वर्ष असार अन्त्यसम्म व्यस्त भइन्थ्यो, चालु वर्षका योजना कार्यान्वयन भइरहेका हुन्थे”, वडा नं ६ का वडा सचिव मटराम चौधरीले भने, “यस वर्ष सबै योजना कार्यान्वयन भइसकेको अवस्था छ, हामीले पालिकाको नीतिअनुसार उपभोक्ता समिति गठन पहिलो चौमासिकमै गर्यौं, दोस्रो चौमासिकमा आधाआधी काम भइसकेकाले समयमै सकिए ।”योजना समयमै कार्यान्वयन भएकाले यसपटक आगामी वर्षका योजना छनोट गर्न बस्तीस्तरमा जाँदा फुर्सदका साथ जान पाइएको वडाध्यक्ष बलिराम चौधरीले बताएका छन्। “हामीले बस्तीस्तरबाट योजना छनोट गरिसक्यौँ, अब वडास्तरीय बैठक बसेर पालिकामा पठाउन बाँकी छ”, उनले भने , “आजभोलि हामी फुर्सदिला छौँ, सबैसँग छलफल गरेर योजना छनोट गर्न भ्याइएको छ ।”

वडा नं ५ ले पनि चालु वर्षका सबै योजना कार्यान्वयन गरिसकेको जनाएको छ । वडा सचिव जगतबहादुर चौधरी दुई वटा योजना मात्र कार्यान्वयन भइरहेको बताउछन्। “समयमै काम थाल्दा समयमै सकिँदो रहेछ”, उनले भने, “हामीले पनि आगामी वर्षका योजना बस्तीस्तरबाट छनोट गरिसक्यौँ, अब पालिकामा सिफारिस गर्न बाँकी छ ।”त्यस्तै वडा नं २ ले पनि सबै योजना कार्यान्वयन गरिसकेको जनाएको छ । वडा नं २ का सबइञ्जिनियर मीनबहादुर थापाले समयमै काम सुरु गरेकाले सहजै योजना कार्यान्वयन सकिएको बताए। वडा नंं २ ले पनि आगामी वर्षका लागि योजना छनोट गरिसकेको छ । वडास्तरमा रहेका अधिकांश योजना कार्यान्वयन भइसकेको अवस्था छ भने गौरवका योजना केही वडामा कार्यान्वयन भइरहेका छन् । पालिकामा ठूला योजना सडक कालोपत्रको काम धमाधम भइरहेको पालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाही वडास्तरबाट सम्पन्न गर्नुपर्ने कार्यक्रम र वडास्तरमा रहेका गौरवका आयोजना पनि अन्तिम चरणमा रहेको बताए। “गौरवका योजनाका लागि असार १० गतेको समयसीमा दिइएको छ, आगामी आवका लागि बजेट निर्माण सुरु भएको छ, बस्तीस्तरमा योजना छनोटको काम सुरु भएको र कार्यपालिकाको बैठकबाट सभाको तालिम गर्ने तयारीमा छौँ ।”

प्रमुख प्रशासकीय अधिकृत शाही समयमै योजना कार्यान्वयन भएकाले आगामी वर्षका योजना छनोट गर्दा बस्तीस्तरमा पर्याप्त छलफल गर्न पाइने, समयको उपयोग हुने, प्राथमिकताका योजना छनोट भई आउने बताउछन्। “गौरवका योजना कार्यान्वयन भइरहेका, अन्य योजना भुक्तानीको चरणमा छन्”, उनले बताए, अब असारमा हामीलाई भुक्तानीको चाप बढ्दैन, हामी धेरै योजनाको भुक्तानीको चरणमा गइसकेका छौँ ।”

गत वर्ष जेठ र असारमा योजना अनुगमनमा भ्याइनभ्याइको अनुभव सँगालेका उपप्रमुख खड्कबहादुर शाह यस वर्ष सजिलो भइरहेको बताउछन्। “हामीले नीति तथा कार्यक्रममै व्यवस्था गरेर काम गर्दा यस वर्ष सजिलो भएको छ, यस वर्ष हामी फुर्सदिला छौँ”, उनले भने , “यस वर्ष जेठमा पनि फुर्सद छ, समयमा योजना प्रारम्भ भए अनुगमन पनि राम्ररी गर्न सकिने भएकाले आगामी वर्ष थप कडाइका साथ लागू गर्छौं ।”

वि.सं.२०८० जेठ २१ आइतवार १५:०५ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...