Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

पालिकाद्धारा विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान



जाजरकोट । बारेकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । आर्थिक अभावका कारण अल्ट्रासाउण्ड गर्न नपाएका यहाँका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेपछि दैनिक सेवा लिनेको सङ्ख्या बढ्न थालेको स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख रामबहादुर रोकायले बताए ।

गाउँ–गाउँमा स्वास्थ्य संस्था भए पनि लिम्सास्थित स्वास्थ्य संस्थामा र सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्र अल्ट्रासाउण्ड सेवा उपलब्ध थियो ।
बारेकोटमै अल्ट्रसाउण्ड सेवा सुरु भएपछि यहाँका महिलाले निःशुल्क सेवा लिन थालेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । गाउँपालिकाले आर्थिक अवस्था नाजुक भएका सबै गर्भवतीलाई यो सेवा सुरु गरिएको उनको भनाइ थियो ।

यसअघि यहाँका गर्भवतीमध्ये ९० प्रतिशतले अल्ट्रसाउण्ड सेवा लिन पाएका थिएनन् । पहुँच तथा हुनेखाने परिवारका गर्भवतीले मात्र स्वास्थ्य सेवा लिए पनि अधिकांशले स्वास्थ्यपरीक्षण गराउने गरेका थिएनन् ।
घण्टौँ हिँडेर स्वास्थ्य सेवा पुग्नुपर्ने, त्यसमा पनि प्रभावकारी सेवा नपाउने भएपछि यहाँका महिला असुरक्षितरूपमा बच्चा जन्माउने गरेका थिए । अब गाउँमै स्वास्थ्यपरीक्षण हुने भएपछि खुसी लागेको बारेकोट–५ की आशा शाहीले बताए ।

 


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।