back
CTIZAN AD

मुगुमा उपाध्यक्ष गोल्डकपको रौनक

वि.सं.२०८० जेठ २२ सोमवार

759 

shares

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिकामा हिजोआज प्रथम उपाध्यक्ष गोल्डकपको निकै रौनकता छाएको छ ।

ग्रामिण बस्तीमा प्राय खेलकुद क्षेत्रमा कुनै चहलपहल नदेखिएको अबस्थामा सोरुकोटको पोग्री खेलकुद मैदानमा प्रथम उपाध्यक्ष गोल्डकप संचालन हुदा बृद्धादेखि युवासम्ममा उत्साह देखिएको छ । काम छोडेर महिला पुरुष पोग्री खेलमैदानमा उपाध्यक्ष गोल्डकप हेर्न जाने गरेका छन् ।

सोरु पोग्री खेलकुद मैदानमा शनिबार देखि प्रथम उपाध्यक्ष फुटवल गोल्डकप सुरु भएको हो । ‘खेलकुद क्षेत्रमा सोरुको अभियान क्षमता खेलाडीको बास्तबिक पहिचान’ भन्ने मुल नारा उक्त गोल्डकपको उदघाटन मुगु जिल्ला प्रतिनिधि सभाका सांसद ऐनबहादुर शाहीले गरेका हुन् ।

उक्त खेलकुदको उदघाटन गर्दै सांसद शाहीले भने, ‘उपाध्यक्ष गोल्डकप खेलाडीको उत्साह थपेको छ ।’

गत जेठ २० देखि २७ गतेसम्म संचालन हुने उक्त गोल्डकपमा १७ वटा फुटबल टिम दर्ता भएको आयोजक सोरु गाउँपालिकाले जनाएको छ । पालिकास्तरमा खेलकुद क्षेत्रको बिकास गर्न प्रथम उपाध्यक्ष गोल्डकपको आयोजना गरिएको उपाध्यक्ष केशरबहादुर शाहीले बताए । उनले भने– पलायन खेलाडी रोकेर खेलकुदप्रति आकर्षण बृद्दि गर्ने गोल्डकपको मुख्य उदेश्य रहेको छ ।’

शाहीले गोल्डकप संचालन गर्न गत आर्थिक बर्षको गाउँ परिषद्बाट बजेट बिनियोजन गरिएको बताए । स्थानीयतह संचालन भएको करिव ६ बर्ष पछि सोरु गाउँपालिकाले खेलाडीको मनोबल बढाउन उपाध्यक्ष गोल्डकपको आयोजना गरेको छ ।

स्थानीयका आबश्यकता परिपूर्ती गर्न आयआर्जन भौतिक पूर्बाधार र क्षमता बिकास संगै सोरुलाई खेलकुद क्षेत्रमा अघि बढाउन पालिका जोडदारमा रुपमा लागेको अध्यक्ष धर्मबहादुर शाहीको भनाई छ । संघ र प्रदेशमा बजेट माग गरि सोरु पोग्री चौरमा मान्यता प्राप्त पालिकास्तरको रंगशाला निर्माण गरिने उनले जनाए । गोल्डकपको प्रथम दिनमा भामबाडा फुटबल टिम र कच्चे फुटबल टिम बीच प्रतिस्पर्धा हुदा भामबाडा टिमले कच्चे टिमलाई २ गोलले पराजित गरेको छ । दोश्रो दिन कार्कीबाडा टिमलाई हराउदै खत्याड टिम बिजयी भएको छ । सोरु गाउँपालिकाले खेलाडीको संरक्षणको निम्ति गोल्डकप संचालन गर्दा खुशी लागेको मुगु भामबाडा फुटबल टिमका टिम लिडर गणेश सेजुवालले बताए ।

त्यसैगरि गोल्डकपको दोश्रो दिन फुटबारी टिमलाई हराउदै सोरुकोट टिमले जित हात पारेको छ । उपाध्यक्ष गोल्डकपमा प्रथम पुरस्कार शिल्ड गोल्ड मेडल सहित नगद १ लाख ११ हजार १ सय ११ र द्दितिय पुरस्कार शिल्ड सहित ६६ हजार ६ सय ६६ नगद र त्रितिय पुरस्कार ३३ हजार ३ सय ३३ नगद रहेको आयोजनाले जानकारी दिएको छ ।

वि.सं.२०८० जेठ २२ सोमवार १२:०८ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...