back
CTIZAN AD

एमालेका ७४ नेताले दिए सामुहिक राजीनामा

वि.सं.२०८० जेठ २२ सोमवार

843 

shares

काठमाडौं । नेकपा एमालेका ७४ जना जिल्ला नेताहरुले सामुहिक राजीनामा दिएका छन् ।

पार्टीका जिल्ला नेतृत्वमा रहेकाहरुले पार्टी सुधारको मागलाई बेवास्ता गरेको भन्दै नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीका सचिव सहित ७४ जनाले राजीनामा दिएका हुन् ।

उनीहरुले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी नगर सचिव नारायणप्रसाद भण्डारीसहित नगर कमिटी र विभिन्न जनवर्गिय संगठनका नेताहरुले राजीनामा दिएको घोषणा गरेका हुन् ।

उक्त पत्रकार सम्मेलनमा नगरसचिव भण्डारीले पार्टी सुधारका लागि आफुहरुले १० बुँदे मागसहित सुझाव पत्र पेश गरिएकोमा जिल्ला नेतृत्वले त्यसलाई बेवास्ता गर्दै उल्टै कारबाहीको धम्की दिएको आरोप लगाए । उनले पार्टीभित्र गुटगत राजनीति मौलाएको आरोप लगाउँदै आफुहरु राजीनामा दिनुपरेको बताए ।

‘पार्टीलाई विधि प्रक्रिया र संस्थागत रुपले अघि बढाउनुपर्छ भनेर ५१ जना कार्यकर्ताले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारको लागि एक महिनाअघि सुझाव पत्र पेस गरेका थियौं,’ भण्डारीले भने, ‘तर हाम्रा माग सम्बोधन गरी पार्टीलाई सुदृढ बनाउने भन्दा निरंकुश शैलीमा गुटगत पूर्वाग्रह राखेर पार्टीबाट निस्किएर गए हुन्छ भने ढंगबाट व्यवहार भएपछि राजीनामा गर्न बाध्य भयौं ।’

राजीनामा दिएक दिँदै आफुहरुको १० बुँदे माग सम्बोधन भएमा पार्टीमा फर्किने बताएका उनीहरुले तत्काल स्वतन्त्र नागरिक अभियान बनाएर अघि बढ्ने जानकारी समेत पत्रकार सम्मेलनमा दिएका छन् ।

 

 

 

वि.सं.२०८० जेठ २२ सोमवार १२:२५ मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...