back
CTIZAN AD

मृत भइसकेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्दैन : योगेश भट्टराई

वि.सं.२०८० जेठ २२ सोमवार

966 

shares

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मृत भइसकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै विरोध जनाउँदै एमाले सांसद भट्टराईलै मृत्यु भइसकेको विधेयक ब्यूँताउन नसकिने र ब्यूँताउन सकिने भए द्वन्द्वकालमा मारिएका १७ हजार मानिसलाई ब्यूँताउन चुनौती दिए ।

“नागरिकताको समस्या वर्षाैंदेखिको हो, यो एउटाले अर्को राजनीतिक दललाई आरोप लगाउने विषय होइन, यो दीर्घकालीनरुपमा समाधान गर्नुपर्छ भन्नेमा एमाले स्पष्ट विचार छ”, एमाले सचिव भट्टराईले भने, “नागरिकले नागरिकता पाउनुपर्छ, गैर नागरिकले नागरिकता नपाउन भन्ने मूल कुरा छ, वंशजका आधारमा नागरिकता पाउनुपर्छ भन्ने विषय नै एमालले नै उठाएर संविधानमा राखिएको हो ।”

सर्वोच्च अदालतले आइतबार प्रारम्भिक सुनुवाइ गर्दै उक्त ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरिसकेको छ । “ऐनमा महिला अधिकारमाथि हस्तक्षेप गरिएको छ, त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण थियो”, सचिव भट्टराइले भने, “एमालले वैवाहिक अङ्गीकृतलाई सात वर्ष राख्नुपर्छ भनेको र नागरिकता जस्तो विषयमा खेलबाड गर्नु हुँदैन ।”

भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणका दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) को अध्यक्ष राष्ट्रले भ्रमणका बारेमा प्रश्न नउठेको, सीमा, मधेसका विषयमा कुरा गर्दा परिस्थिति बिग्रिन्छ कि भन्ने सोचमा छलफल नगरेको आरोप लगाए ।

वि.सं.२०८० जेठ २२ सोमवार १२:४५ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...