Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रचण्डको प्रष्टीकरण : बंगालादेश मोडलको कुरा मैले गरेको छैन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादबारे आफूले कहीँ पनि विकल्प नदिएको स्पष्ट पारेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नबारे जवाफ दिँदै प्रचण्डले यस्तो स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सीमा विवादको सन्दर्भमा ‘बंगालादेशको मोडल’ आफूले प्रस्तुत नगरेको प्रष्ट्याए । “मैले विज्ञहरुको सुझाब यस्ता पनि छन्, विकल्पमा छलफल गर्न सकिन्छ भनेको हुँ”, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “मैले कहीँपनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन । प्रष्ट होस् ।”

कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा स्थापित गर्ने कुरा सबैभन्दा ठूलो भएको उनले बताए । “कहीँ कोही कन्फुजन नहोस्, हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो, नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु”, उनले भने ।

सकारात्मक प्रयास गर्दा अतिरञ्जित नगर्न पनि उनले आग्रह गरेका छन् । ‘ममाथिको आरोप राष्टहितविपरीत छ । समस्यालाई स्थायी र दीगो समाधान गर्न विकल्प पनि छन् भन्ने कुरालाई अतिरञ्जित नगर्न र कन्फयुजन नबनाउन आग्रह गर्छु ,’ उनले भने ।


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।