back
CTIZAN AD

प्रचण्डको प्रष्टीकरण : बंगालादेश मोडलको कुरा मैले गरेको छैन

वि.सं.२०८० जेठ २२ सोमवार

885 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादबारे आफूले कहीँ पनि विकल्प नदिएको स्पष्ट पारेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नबारे जवाफ दिँदै प्रचण्डले यस्तो स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सीमा विवादको सन्दर्भमा ‘बंगालादेशको मोडल’ आफूले प्रस्तुत नगरेको प्रष्ट्याए । “मैले विज्ञहरुको सुझाब यस्ता पनि छन्, विकल्पमा छलफल गर्न सकिन्छ भनेको हुँ”, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “मैले कहीँपनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन । प्रष्ट होस् ।”

कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा स्थापित गर्ने कुरा सबैभन्दा ठूलो भएको उनले बताए । “कहीँ कोही कन्फुजन नहोस्, हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो, नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु”, उनले भने ।

सकारात्मक प्रयास गर्दा अतिरञ्जित नगर्न पनि उनले आग्रह गरेका छन् । ‘ममाथिको आरोप राष्टहितविपरीत छ । समस्यालाई स्थायी र दीगो समाधान गर्न विकल्प पनि छन् भन्ने कुरालाई अतिरञ्जित नगर्न र कन्फयुजन नबनाउन आग्रह गर्छु ,’ उनले भने ।

वि.सं.२०८० जेठ २२ सोमवार १२:५० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...