back
CTIZAN AD

दलित महिला सदस्य भन्छन्  अझैँ समाजमा छुवाछूत विधमान छ

वि.सं.२०८० जेठ २२ सोमवार

1.2K 

shares

टीकापुर।टीकापुर नगरपालिकाका–३ का वडा सदस्य कमलादेवी विश्वकर्माले समाजमा जातकै कारण हुने छुवाछूत कायम रहेको बताउँछिन् । वडा सदस्य विश्वकर्मा समाजमा हुने विवाह, उत्सवमा फरक व्यवहार गरिने, भान्सा फरक गरिने गरिएको बताउँछिन्।“हाम्रो समुदायमा चार,पाँच जना गैर दलित महिला हुनुहुन्छ, हामी एउटै समूहमा छौँ”, उनले भनिन्, “कहिलेकाहीँ पिकनिक जान्छौँ, एउटै समूहमा छौँ, तर उनीहरू हामीले छोएको खादैनन्, आफैँ पकाएर खाने, उनीहरूले बरु हामीलाई पकाएर दिने गर्छन्।”

कमलालाई यसो गर्नु विभेद हो भन्ने थाहा भए पनि रोक्न नसकेको उनी बताउछिन्। “यही समाजमा बस्नु छ, पहिलेदेखि विभेद भोगेका छौँ”, उनि भन्छिन्, “विद्रोह गरेमा अशान्ति हुन्छ, मिलेर बसेको समाजमा किन झैँ–झगडा गर्नु भन्ने लाग्छ ।” गाउँमा जन्मदिन मनाउँदा बोलाएर पनि अलग्गै राखेर खाना खुवाउने गरिएको, विवाहमा भान्सा छुन नदिने जस्ता समस्या विद्यमान रहेको उनको अनुभव छ ।

कार्यपालिका सदस्य मञ्जु विकले पुरुषका तुलानमा महिलाले विभिन्नखाले विभेद झेलिरहेको बताउँछिन्। उनले महिनावारी हुँदा छुवाछूत अन्त्य नभएको, दलित र गैर दलितबीचको विभेदसमेत अझै रहेको बताउछिन्। “छुवाछूत पुरुषको तुलनामा महिलाले बढी मानिरहेका छन्, पुरुष दाजुभाई हामी कहाँ आउने, हामीसँगै खाना खाने गर्छन्”, उनी भन्छिन्, “तर महिलासँगै खादैन्न, हामीले छोएको खान मान्दैनन् ।”

अर्का महिला सदस्य भारतीदेवी विक अझै आफ्नो वडामा दलित र गैरदलितबीच विभेद कायम रहेको, विवाह जस्ता भोज तथा उत्सवमा समान व्यवहार नभएको बताउँछिन्। “पार्टी तथा कार्यक्रममा फरक व्यवहार महसुस गर्ने भएर म गाउँमा हुने विवाह, ब्रतबन्ध तथा खानपिनका कार्यक्रममा जान्न”, उनी भन्छिन् “अहिले आफू स्थानीय वडा सरकारमा भएकाले यसो गर्नुहुन्न भनी हरेक कार्यक्रममा भन्न थालेकी छु, समाजमा नदेखिने खालको भित्रभित्रै छुवाछूत कायम छ ।”

टीकापुर–४ की वडा सदस्य तुल्सादेवी विक विस्तारै समाज परिवर्तन हुँदै गएको बताउँछिन् । उनी परिवर्तन भए पनि पुर्खाले विभेद गरिरहेको बताउछिन्। “विगतजस्तो विभेद छैन, पहिला घरभित्र जान नदिने, धारा छुन नदिने गरिन्थ्यो”, तुल्सादेवीले भनिन्, “युवापुस्ताले छुवाछूत मान्दैनन्, तर अघिल्लो पुस्ताले छुवाछूत अन्त्य गर्न मानेका छैनन्, उनीहरु अझै विभेद गर्छन् ।”

गरपालिकाका निवर्तमान उपप्रमुख केशरी रावल विष्टले समाजमा भइरहेका छुवाछूत तथा विभेद अन्त्यका लागि वडावडामा महिला तथा दलित महिला सदस्य निर्वाचित भइसकेकाले अब उनीहरुले काम गर्नुपर्ने बताए। “समाजमा विद्यमान गलत अभ्यास चिर्न नीतिगतरुपमा कडाइ गर्नुपर्छ, भएका कानुन कार्यान्वनय गर्नुपर्छ”, उनी भन्छन्, “जनचेतना जगाउने खालका योजना तर्जुमा आवश्यक छ, यस्ता विभेद, छुवाछूत चिर्नका लागि महिला सदस्य, दलित महिला सदस्य वडावडामा भएका हुन्, उनीहरूले समस्याको खोजी र समाधानको उपाय पनि निकाल्नुपर्यो ।”

विष्टले जात तथा लिङ्गका आधारमा गरिने सबैखाले विभेद अन्त्य हुनुपर्ने बताउँदै समाजको सकारात्मक विकासका लागि सबैको सोँच पनि सकारात्मक हुनुपर्नेमा जोड दिए। नगरपालिकाका कानुन अधिकृत केशरबहादुर थापाले जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा भइसकेकाले छुवाछूत गरिएको थाहा पाए कानुनी पक्रियामा जान सुझाव दिए। “जात तथा लिङ्गका आधारमा छुवाछूत गर्नु कानुनी अपराध हो”, उनी भन्भछन्, “अपराध लुकाएर बस्ने होइन ।”

वि.सं.२०८० जेठ २२ सोमवार १४:५४ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...