back
CTIZAN AD

अन्तर्राष्ट्रिय तामाङ परिषदको पाँचौ सम्मेलन थाइल्याण्डमा, महासचिव बने टासी लामा

वि.सं.२०८० जेठ २३ मंगलवार

1.1K 

shares

काठमाडौँ । अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा सर्वसम्मत निर्वाचित भएका छन् । लामा नेपाल तामाङ घेदुङको सिफारिसमा महासचिवमा निर्वाचित भएका हुन् ।

थाइल्याण्डमा सम्पन्न पाँचौ सम्मेलनमा पारित विद्यानअनुसार महासचिवलाई कार्यकारी बनाएर अगाडि बढ्ने समेत निर्णय गरेको छ । सम्मेलनले यसअघिको कार्यकारी अध्यक्ष हुने प्रणाली हटाइ कार्यकारी महासचिव हुने बनाएको हो । “परिषदको कामलाई नियमित र चुस्त बनाउन परिषदलाई महासचिव प्रणालीमा लैजाने निर्णय भएको हो”, नेपाल तामाङ घेदुङका सङ्घीय सहअध्यक्ष कुमार घिसिङले भन्नुभयो ।

नवनिर्वाचित महासचिव लामाले सम्मेलनले संसारभर छरिएका तामाङलाई एकताको सुत्रमा जोड्न भाषा, संस्कृति, मैत्रिपूर्ण सम्बन्ध, आर्थिक सांस्कृतिक आदानप्रदान र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता महत्वपूर्ण विषयहरुमा जोड दिने बताए ।

“सम्मेलनले भाषा, संस्कृति, साहित्य, इतिहासजस्ता नौ वटा फरक–फरक विषयगत समितिहरु बनाएको छ । अब ती समितिहरु विषय विज्ञहरुले नेतृत्व गर्नेछन् । छ महिनाभित्र विज्ञहरुको भेला गरी त्यो समितिहरु निर्माण गरिनेछ”, उनले भने ।

सम्मेलनबाट उपमहासचिवमा लक्यान लामा तामाङ (अमेरिका), सचिवमा रामप्रसाद तामाङ (भारत), शुभराज बम्जन तामाङ (दक्षिण कोरिया), बुदु माया योन्जन तामाङ (रोमानिया) र कोषाध्यक्षयमा हवल चन्द्र लामा तामाङ (जापान)का निर्वाचित भएका छन् ।

एक्काइस वर्षअघि स्थापना भएको परिषदले अव पूर्णरुपले अन्तर्राष्ट्रिय सङ्गठनको मान्यताअनुसार काम गर्नसक्ने स्थितिमा पुगेको महासचिव लामाको भनाइ छ । सम्मेलनमा १७ सदस्यीय संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता थियो ।

परिषदमा स्थायी, राष्ट्रिय र सम्बन्धन संस्थाहरु सदस्य रहनेछन् । निर्वाचन प्रणालीअनुसार महासचिवका लागि स्थायी र राष्ट्रिय संस्थाहरुबाट सिफारिस हुनुपर्छ । हाल परिषदमा नेपाल, भारत, भुटान, बर्मा र थाइल्याण्ड स्थायी सदस्य छन् । राष्ट्रियमा अमेरिका, जापान, बेल्जियम, बेलायत, पोर्चुगल र अस्ट्रेलिया छन् ।

वि.सं.२०८० जेठ २३ मंगलवार १४:२१ मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...