सुदिप सापकोटा ,गण्डकी प्रदेश। पर्वतमा बाँदरले असाध्यै दुःख दिएपछि बाँदर नियन्त्रणका लागी कार्यतालिका नै बनाईएको छ।
पर्बतको कुस्मा नगरपलिका वडाका न ९ ग्यादी कटुवाचौपारीका किसानहरूले बाँदर नियन्त्रणका लागी रूटिन बनाएर काम गर्न सुरू गरेका हुन् ।
यतिखेर प्रायः किसानको खेतबारीमा मकै रहेको र मकैले घुँवा हाल्न थालेको अवस्था छ । बर्षेनि रूपमा बाँदर आएर मकैको बोट मास्ने र मकैका कलिला घुँवा च्यातने गरेकाले ग्यादीका स्थानियले उक्त विकल्प अपनाएका हुन् । त्यसका अलवा किसानको अन्नपात, फलफुल केही बाँकी नराखेर किसानको घर घरमै आई घरको अन्न समेत खाने गरपछि वडा न ९ का स्थानियले यो वैकल्पिक बिधि अपनाएका हुन् ।
जेठ १८ गतेका दिन देखी उक्त पालोको सुरू गरिएको छ। १५ जनामा पालो कुर्ने व्यवस्था मिलाइएको सो तालिकामा कमल पि शी, देवशर्मा अधिकारी,गंगाधर अधिकारी, गोपाल अधिकारी,शिवशर्मा अधिकारी,नवराज अधिकारी,दलबहादुर नेपाली, भुवनबहादुर नेपाली,विष्णु नेपाली,कमला नेपाली,रामचन्द्र,कृष्णप्रसाद लामिछाने,रामशर्मा लामिछाने,ख्यामराज लामिछाने र राजबाबु पि.सी रहेका छन्। उक्त पालो १ दिनमा परिवर्तन हुने शाथे १५जनाको पालो सकिएपछि फेरी दोहोरिने बताइएको छ ।
वि.सं.२०८० जेठ २३ मंगलवार १४:४० मा प्रकाशित






























