back
CTIZAN AD

एनआरएनएको टोलीले भेट्यो प्रधानमन्त्री प्रचण्डलाई

वि.सं.२०८० जेठ २३ मंगलवार

942 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई गैरआवासीय नेपाली संघ एनआरएनएले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।

संघका उपाध्यक्ष आरके शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमवार प्रधानमन्त्री प्रचण्डलाई भेटी ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकोमा धन्यवाद ज्ञापन गरेको हो ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसँग विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पँजीलाई नेपाल भित्राउन थप दायित्व बोध भएको उल्लेख गर्दै एनआरएनए उपाध्यक्ष शर्माले ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूलमन्त्र सार्थक बन्नेमा विश्वास व्यक्त गरे ।

गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत वातावरण तयार भएको र यथाशीघ्र नागरिकतासम्बन्धीको कार्यविधि बनाई कार्यान्वयनको चरणमा पुर्याउन आग्रह गरे ।

उक्त भेटमा गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिको लागि नीति तथा कार्यक्रम मार्फत संबोधन गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानको लागि समेत अनुरोध गरेको छ ।

भेटका क्रममा उपाध्यक्ष शर्माले साना साना विप्रेषणलाई एकीकृत गरेर एक स्वायत्त प्राधिकरण गठन गरी क्लिन इनर्जी तथा राष्ट्रिय गौरवका आयोजनाहरुमा सुनिश्चित प्रतिफल सहितको लगानीको वातावरण बनाउन अनुरोध गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघ मार्फत धन्यवाद व्यक्त गरेकोमा खुशी व्यक्त गर्दै लामो समय र रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणिकरण भएको बताए । साथै उनले नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यको समेत थालनी भएको जानकारी गराउंदै गैरआवासीय नेपालीहरुका सुझावलाई मनन गरिने बताए ।

उनले गैरआवासीय नेपाली नागरिकताको वितरणको शुभारम्भ एक भव्य कार्यक्रमकाबीच गरिने जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले एक पटकको नेपालीले सधै नेपाली भइरहन र नेपालको समृद्दिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको र अव नेपालका लागि केही गर्ने समय आएको बताए ।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रम मार्फत संबोधन भइसकेको र केही प्राविधिक विषयमा गृहकार्य भइरहेको जानकारी दिदै छिटै कार्यान्वयनमा आउने जानकारी दिए ।

पोर्चुगल, माल्टा लगायतका देशमा दूतावास स्थापना गर्न माग
सोही अवसरमा पोर्चुगल, माल्टा र इराकमा यथासक्य छिटो दूतावास स्थापना गरी त्यहां रहेका नेपालीहरुका समस्या समाधानका लागि संघको प्रतिनिधिमंडलले ध्यानकर्षणपत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ ।

यसै अवसरमा कानुन सचिव धनराज ज्ञवालीले नागरिकता नियमावली तर्जुमाको चरणमा रहेको जानकारी दिदै पहिलो गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट प्रदान गर्ने योजना रहेको बताए । सो अवसरमा महान्यायधिवक्ता डा. दिनमणी पोखरेलको समेत उपस्थिति रहेको थियो ।

भेटवार्तामा संघको प्रतिनिधि मंडलहरुमा संघका उपाध्यक्ष आरके शर्मा, संस्थापक भीम उदास, टि.बि कार्की (पुर्व उपाध्यक्ष), सचिव गोेविन्द प्रसाद गौतम , युवा संयोजक अब्दुल वासिद ,आईसिसि सदस्य भिमसेन थापा (पोर्चुगल), एनआरएनए कम्बोडियाका अध्यक्ष लाल सिंह खड्का,लोक तिवारी (युएसए) , बन्दना शर्मा (कतार), प्रेम श्रेस्ठ(युएसए), रुद्र शर्मा (दक्षिण कोरिया), रवि किरण अधिकारी (प्रमुख कार्यकारी अधिकृत),जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले,रोजगार मिडियाका सम्पादक ऊद्दव भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०८० जेठ २३ मंगलवार १४:४३ मा प्रकाशित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...