Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

रास्वपा : भाई एमाले कि बेग्लै पार्टी ?



काठमाडौं । वैशाख २२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय सुनाउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले “प्रतिपक्ष कस्तो हुन्छ ? हामी देखाउँछौं” भन्ने अभिव्यक्ति दिएका थिए । सरकारलाई दिएको समर्थन फिर्ताको कारणबारे सोधिएको प्रश्नमा उनले “जनताको पक्षमा काम गर्नकै लागि आफूहरु प्रतिपक्षको बेच्नमा बस्न चाहेको” जवाफ फर्काएका थिए ।

रास्वपा प्रतिपक्षको बेच्नमा बस्ने निर्णय गरेको पनि महिना दिन नाघेको छ । महिना दिनको बीचमा सरकार पक्षबाट थुप्रै निर्णयहरु भएका छन् भने संसद बैठक पनि थुप्रै पटक बसेको छ । योबीचमा सरकारले केही सराहनीय काम गरेको छ भने केही विवादित काम पनि गर्न भ्याएकाे छ ।

प्रतिपक्षको बेच्नमा बसेर उदाहरणीय काम गरेर देखाउँछौं भनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको रास्वपाले महिना दिनको बीचमा के गर्‍यो त ? के रास्वपाको भूमिका अन्यभन्दा बेग्लै देखियो ? उसले जनताको पक्षमा के–कस्ता काम गर्न सक्यो ? जवाफ खोजियो भने केहीँ भेटिन्न ।

अहिले सदनमा सरकारले ल्याउने प्रत्येक प्रस्ताव र सरकारले चाल्ने कदमका सन्दर्भमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निरन्तर विरुद्धमा उभिएको पाइन्छ । एमालेले सरकारको प्रत्येक कदमको आलोचना गरिरहेको छ । सरकारकै भूमिकालाई लिएर एमालेले थुप्रै पटक सदन अवरोध पनि गर्‍यो ।

तर, सदनमा ‘रचनात्मक भूमिका खेल्छु’ भन्ने रास्वपा यसबीच एमालेले जुन शैलीमा विरोध र अवरोध गरिरहेको छ, सोही शैलीमा नै उपस्थित देखिन्छ । सदनमा एमालेको उपस्थिति भइरहँदा रास्वपाको उपस्थिति हुनु र नहुनुको कुनै अर्थ देखिएको छैन । रास्वपाको शैली र प्रस्तुतीलाई लिएर कतिपयले ‘भाई एमाले’को पनि संज्ञा दिएका छन् ।

राजनीतिक विश्लेषक हरि रोका परम्परागत शक्तिभन्दा रास्वपाको भूमिका भिन्न नदेखिएको र प्रतिपक्षीको बेच्नतिर बसेसँगै एमाले जस्तो देखिएको टिप्पणी गर्दछन् । सैद्धान्तिक तथा वैचारिक अस्पष्टताले रास्वपामा अन्योलताकाे अवस्था बनाएको रोकाको टिप्पणी छ ।

“उहाँहरु सुरुदेखि नै सैद्धान्तिक तथा वैचारिक अस्पष्टतामा हुनुहुन्छ, कहाँ पुग्ने, कसरी पुग्ने उहाँहरुमा कुनै स्पष्ट खाका छैन, नेतृत्व तहकै अभिव्यक्ति एकदमै विरोधाभाष खालको छ”, संसार न्यूजसँगको कुराकानीमा विश्लेषक रोकाले भनेका छन्, “उहाँहरु पुरै अस्पष्टताका बीच प्रतिपक्षीको बेन्चमा हुनुहुन्छ, जहाँ एमालेले जे बोल्छ, उहाँहरु पनि त्यही बोलिरहनु भएको छ, उहाँहरु एमालेभन्दा भिन्न देखिनुभएको छैन ।”

विश्लेषक रोका राजनीतिक दलहरुको फरक पहिचान नहुँदा जनतामा पनि अन्योलता र निराशाको अवस्था सिर्जना भएको बताउँछन् । “कांग्रेस, एमाले र माओवादीमा खासै फरक देखिएको छैन, फरक खोजिएको रास्वपाको भूमिका पनि फरक देखिन्न”, उनले भनेका छन्, “यो बिडम्बनाले थप निराशा र अन्योलता जन्माएको छ ।”

आफूलाई भ्रष्टाचार विरोधी तथा सुशासनको पक्षपाती बनाएको भएपनि रास्वपाले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोल्दै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जसको निकै आलोचना पनि भइरहेको छ । प्रतिपक्षी बनेसँगै संसदमा फरक भूमिका खाेजिएकाे थियाे तर, रास्वपा आलोच्य मात्रै भइरहेकाे छ ।

मूलतः नयाँपन खोजिएको सन्दर्भमा रास्वपाका सांसदको शैली र प्रस्तुती पनि निकै अपाच्य खालका छन् । गत सोमबार बसेको संसद बैठकमा रास्वपाकै सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी ‘भैंसी चढेर आएको’ भन्ने अभिव्यक्ति दिए । जुन अभिव्यक्तिले संसदमा सत्तापक्ष र प्रतिपक्षीबीच निकै जुहारी पनि चल्यो । खनालको शब्द संसदको रेकर्डबाट हटाइएको भएपनि उनले प्रयोग गरेको शैली भने परम्परागत राजनीतिक दलका सांसदको भन्दा फरक देखिन्न ।

रास्वपा प्रतिपक्षीको बेच्नमा बसेको महिना दिनको बीचमा सरकारले शरणार्थी प्रकरणमाथि छानबिन गरेको छ, सरकारले नीति तथा कार्यक्रम ल्याएर सदनबाट पास गरेको छ, बजेट प्रस्तुत गरेको छ, राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्, योबीचमा प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमण सकेर फर्किएका छन् । यी तमाम घटनाक्रमको बीचमा एमाले जहाँ उभिएको छ, रास्वपा सँगै उभिएको छ र उही शैलीमा विरोध जनाएको छ । जसले रास्वपालाई एमालेको ‘भाई’को रुपमा परिचित बनाएको छ ।

तर, रास्वपाकी सांसद सुमना श्रेष्ठ संसदमा एमाले र रास्वपाको उपस्थिति निकै भिन्न ढंगले भइरहेको बताउँछिन् । प्रमुख प्रतिपक्षी दलकाे सांसदहरु धेरै हुनु र उनीहरुले धेरै बोल्ने समय पाउँदा पनि आफुँहरु केही हराएको जस्तो देखिएको उनको भनाई छ । रास्वपालाई ‘भाई एमाले’ भनेर जसरी टिप्पणी भइरहेको छ, यो रास्वपा सिध्याउने नियतबाट आएको उनको तर्क छ ।

“ट्यागलाईन बनाउन सजिलो छ, ‘भाई एमाले’ भनेर भाष्य सिर्जना गरिनुभित्र रास्वपालाई सिध्याउने नियत देखिन्छ”, श्रेष्ठले भनेकी छिन्, “हामीले कसरी काम गरेका छौं, हामीले कस्ता मुद्दा उठाएका छौं, यसको निष्पक्ष मूल्यांकन हुनुपर्छ, हामीले उठाएको मुद्दाहरु एमालेसँग मिल्दैन, हामीले लिएको स्ट्याण्ड एमालेसँग मिल्दैन, अनि हामीलाई कसरी दाँज्न मिल्छ ? रास्वपालाई यसरी अवमूल्यन गर्न मिल्दैन ।”

सत्तापक्षमा हुँदा र विपक्षीमा हुँदा रास्वपाले एजेण्डागत रुपमा लिएको स्ट्याण्ड फरक नभएको श्रेष्ठको दाबी छ ।


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।