
इटाली । ‘नेपालीका लागि नेपाली’ भन्ने मुल नारालाइ आत्मसाथ गर्दै इटालीभित्र विभिन्न क्षेत्रहरुमा बसोबास गर्दै आएका नेपाली समुदायबिच आपसी सम्बन्धको आधारमा भाइचारा, सदभाब तथा एकताको सुत्रधार गर्ने उद्धेश्यले तेस्रो एनआरएनए कप इन्टरसिटी फूटबल प्रतियोगिता आयोजना गरिएको छ ।
एनआरएनए इटालीको आयोजना, नेपाली कोंसुलेट रोमको सहकार्य र नेपाली समाज रोमको ब्यवस्थापनमा इटालीभित्र रहेका स्थानीय नेपाली समाजका प्रतिनिधिहरुको सहभागितामा जुन ४ मा उक्त प्रतियोगिता सम्पन्न गरिएको हो ।
प्रतियोगितामा इटालीभित्र रहेका स्थानीय नेपाली समाजहरुको प्रतिनिधित्व गर्दै चार टिम, नेपाली समाज रोम, पारमा कोलेकियो नेपाली परिवार, मितेरी मंच मिलान र नेपाली समाज पिसाको सहभागिता रहेको थियो ।
नकआउट सिस्टम अनुसार पहिलो चरणमा पारमा कोलेकियो नेपाली परिवारलाइ पराजित गरि नेपाल मितेरी मंच मिलान र नेपाली समाज रोमलाइ पराजित गरि नेपाली समाज पिसा फाइनलमा प्रवेश गरेका थिए ।
निकै नै प्रतिस्पधात्मक फाइनल खेलमा नेपाली समाज पिसालाई ट्राइबेकरमा ४ का बिरुद्ध ५ गोल गरि प्रतियोगिताको उपाधि मितेरी मंच मिलानले उचालेको छ ।
प्रतियोगीताको प्रमुख दाबेदार रहेको नेपाली समाज कोलेकियो पारमाले भने राम्रो खेलका बाबजुद पनि तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
प्रतियोगितामा सर्बाधिक गोलकर्ता र बेस्ट गोल किपरको उपाधि नेपाल मितेरी मंच मिलानका फरवार्ड अनिल पाण्डे र किपर नरेश गुरुङले जितेका छन् भने बेस्ट प्लयेरको उपाधि. नेपाली समाज पिसाका खेलाडी राज चौलागाइले चुमेका छन् ।
प्रतियोगितामा बिजेता, उपविजेता साथै सहभागी टिमहरुलाई बिशेष समारोहका बीच नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
उक्त समारोहमा एनआरएनए इटालीका अध्यक्ष छबिलाल कंडेलको सभापतित्व, रोमस्थित नेपाली कोंसुलर पाओलो नुगारीको प्रमुख आतिथ्यता र गैरआवासीय नेपाली संघ आइसीसी कोषाध्यक्ष सुनिल शाह अतिथि रहेका थिए ।
त्यस्तै अन्य अतिथिमा एनआरएन इटालीका आइसीसी सदस्य राजन चापागाईं, सल्लाहकार तथा पूर्वअध्यक्ष तथा आइसीसी सदस्य दिपेसकुमार रेग्मी, पूर्वअध्यक्ष हाल नेपाली समाजरोमका अध्यक्ष देवराज गुरुङ, उपाध्यक्ष तथा पारमाकोलेकियो परिवारको तर्फÞबाट भोजराज कंडेल, एन आरएनए इटालीका कोषाध्यक्ष दिर्घ थापा, महिला प्रतिनिधि बिना मगराती, पूर्व महिला प्रतिनिधि भावा मल्ल, सल्हाकार नारायण खरेल, मितेरी मंच मिलानका अध्यक्ष रोजन राना, नेपाली समाज पिसाका अध्यक्ष बद्रिनारायण चौधरी र नेपाली समाज रोमका उपाध्यक्ष सोभित श्रेष्ठ रहेका थिए ।
बिसेष समारोहमा उपस्थित, प्रमुख अतिथि, बिसेष अतिथि लगायत अथितिहरुलाई एनआरएनए इटालीका महासचिव भबेशकुमार सिंहले स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा इटालीभित्र रहेका नेपालीहरुको हरेक दुःखसुखका सारथी कन्सोलर पाओलो नुगारीलाइ सम्पूर्ण इटालीबासि नेपालीहरुको तर्फÞबाट बिसेष सम्मानका साथ मायाको चिनो प्रदान गरिएको थियो ।
यसैगरि प्रतियोगिताको लागि सफल ब्यबस्थापनको लागि समाजका अध्यक्ष देवराज गुरुङलाइ पनि मायाको चिनो प्रदान गरिएको थियो ।
अन्तमा प्रतियोगीताको समापन गर्दै कार्यक्रमका सभापति तथा संघका अध्यक्ष कंडेलले प्रतियोगिताको बिजेता मितेरी मंच मिलान, उपविजेता नेपाली समाज पिसालाइ बिसेष बधाई दिदै प्रतियोगितमा सहभागी सम्पूर्ण टिम हरुलाई हार्दिक धन्यबाद दिएका थिए ।
अध्यक्ष कंडलले प्रतियोगिता सफल बनाउन भूमिका खेल्ने नेपाली कोंसोलेट रोम, नेपाली समाज रोम, इटालीस्थित सम्पूर्ण स्थानीय नेपाली समाजहरु, संघसंस्था, पत्रकार, प्रतियोगिताका सम्पूर्ण इस्पोन्सरहरु, प्रतियोगिता हेर्नको लागि इटालीको विभिन्न ठाउँबाट उपस्थित सम्पूर्ण नेपालीदाजुभाइ तथा दिदिबहिनिहरुमा बिशेष धन्यबाद ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि सबैलाई समेटेर यस्ता कार्यक्रमहरु गर्दैजाने बताए ।
उनले बिसेष उपस्थिति र सहयोगको लागि एनआरएनए आइसीसी कोषाध्यक्ष सुनिल शाहलाइ बिसेष धन्यबाद दिएका थिए ।