
इटाली । गैरआवासीय नेपाली संघ इटालीको आयोजना, नेपाली समाज रोमको ब्यवस्थापन र नेपाली कोंसोलेट रोमको सहकार्य तथा नेपाली दुताबास स्विजरल्याण्डको समन्वयमा इटालीमा दुइदिने इ–पासपोर्ट सम्बन्धी घुम्ती शिबिर संचालन सम्पन्न भएको छ ।
इटालीको राजधानी रोममा जुन ३ र ४ तारिखका दिन आयोजित उक्त घुम्ती शिविरमा नेपाली दूतावास स्विजरल्याण्डको तर्फबाट राजदूत मणिप्रसाद भट्टराई र जंग बहादुर गुरुङ, बिदुर खतिवडा लगायत एनआरएनए इटालीको तर्फबाट प्रेसिडेन्ट छबिलाल कंडेल, आइसीसी सदस्य राजन चापागाईं, महासचिब भाबेश कुमार सिंहको उपस्थित रहेको थियो ।
उक्त घुम्ती शिविरमा नेपाली कोंसोलेट रोमका लागि कोंसोलर पावोलो नुगारी, नेपाली समाज रोमका प्रेसिडेन्ट देवराज गुरुङ लगायत कार्यसमिति सदस्यहरु, एनआरएनए आइसीसी कोषाध्यक्ष सुनिल शाहको बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली समाज रोमको तर्फबाट तेस्रो एनआरएनए इन्टरसिटी फूटबल प्रतियोगिताको लागि भाग लिन आएका खेलाडी लगायत उपस्थित सम्पूर्ण अतिथिहरुको लागि स्वागत तथा रात्री भोजको आयोजना गरिएको थियो ।
प्राबिधिक समस्याका बाबजुद पनि दुइ दिनसम्म चलेको उक्त घुम्ती सेवामा इटालीको विभिन्न क्षेत्रबाट आएका करिब ८० जना नेपालीहरुले इ – पासपोर्ट सम्बन्धि सेवा लिएका थिए ।
उक्त घुम्ती सेवा सफल बनाउन राजदूत भट्टराईलगायत सम्पूर्ण टिम, कोंसोलर पाओलो नुगारी, नेपाली समाज रोमका अध्यक्ष गुरुङ लगायत सम्पूर्णमा एनआरएन इटालीका अध्यक्ष कंडेलले बिसेष धन्यबाद दिएका छन् ।
उनले इटालीभित्र रहेका नेपालीहरुको सेवाको लागि एनआरएनए इटाली सधै लागि पर्ने बताउदै आउँदा दिनहरुमा पनि सबै संघ सहकार्य गर्दै यस्ता कार्यक्रम गर्दै जाने बताए ।