back
CTIZAN AD

इटालीका नेपालीबीच दुइदिने इ–पासपोर्ट सम्बन्धी घुम्ती शिबिर संचालन

वि.सं.२०८० जेठ २४ बुधवार

1.1K 

shares

इटाली । गैरआवासीय नेपाली संघ इटालीको आयोजना, नेपाली समाज रोमको ब्यवस्थापन र नेपाली कोंसोलेट रोमको सहकार्य तथा नेपाली दुताबास स्विजरल्याण्डको समन्वयमा इटालीमा दुइदिने इ–पासपोर्ट सम्बन्धी घुम्ती शिबिर संचालन सम्पन्न भएको छ ।

इटालीको राजधानी रोममा जुन ३ र ४ तारिखका दिन आयोजित उक्त घुम्ती शिविरमा नेपाली दूतावास स्विजरल्याण्डको तर्फबाट राजदूत मणिप्रसाद भट्टराई र जंग बहादुर गुरुङ, बिदुर खतिवडा लगायत एनआरएनए इटालीको तर्फबाट प्रेसिडेन्ट छबिलाल कंडेल, आइसीसी सदस्य राजन चापागाईं, महासचिब भाबेश कुमार सिंहको उपस्थित रहेको थियो ।

उक्त घुम्ती शिविरमा नेपाली कोंसोलेट रोमका लागि कोंसोलर पावोलो नुगारी, नेपाली समाज रोमका प्रेसिडेन्ट देवराज गुरुङ लगायत कार्यसमिति सदस्यहरु, एनआरएनए आइसीसी कोषाध्यक्ष सुनिल शाहको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली समाज रोमको तर्फबाट तेस्रो एनआरएनए इन्टरसिटी फूटबल प्रतियोगिताको लागि भाग लिन आएका खेलाडी लगायत उपस्थित सम्पूर्ण अतिथिहरुको लागि स्वागत तथा रात्री भोजको आयोजना गरिएको थियो ।

प्राबिधिक समस्याका बाबजुद पनि दुइ दिनसम्म चलेको उक्त घुम्ती सेवामा इटालीको विभिन्न क्षेत्रबाट आएका करिब ८० जना नेपालीहरुले इ – पासपोर्ट सम्बन्धि सेवा लिएका थिए ।

उक्त घुम्ती सेवा सफल बनाउन राजदूत भट्टराईलगायत सम्पूर्ण टिम, कोंसोलर पाओलो नुगारी, नेपाली समाज रोमका अध्यक्ष गुरुङ लगायत सम्पूर्णमा एनआरएन इटालीका अध्यक्ष कंडेलले बिसेष धन्यबाद दिएका छन् ।

उनले इटालीभित्र रहेका नेपालीहरुको सेवाको लागि एनआरएनए इटाली सधै लागि पर्ने बताउदै आउँदा दिनहरुमा पनि सबै संघ सहकार्य गर्दै यस्ता कार्यक्रम गर्दै जाने बताए ।

 

 

वि.सं.२०८० जेठ २४ बुधवार १७:३१ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...