back
CTIZAN AD

पहिचानवादीविरुद्ध प्रतिवादमा उत्रन ओलीको आह्वान

वि.सं.२०८० जेठ २५ बिहीवार

909 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा राज्यकै संरक्षणमा अपराधिक घटनाहरु भइरहेको आरोप लगाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र माओवादी केन्द्र पहिचानवादीको नाममा एमालेमाथि आक्रमण गर्न उत्रिएको आरोप लगाए ।

पहिचानवादीको नाममा भएको आन्दोलनमा प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको उनको आरोप छ । “प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ, नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने”, उनले भने ।

पहिचानवादीको नाममा अपराधिक गतिविधि गर्नेलाई सरकारबाटै संरक्षण भइरहेको उनले बताए ।

“अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ, सरकार केही गर्दैन, प्रहरीलाई टाउको फुटे पनि केही नगर्नु भनेको छ, पहिचानका नाममा एउटै मानिसहरू बाइक लिएर पुग्ने गरेका छन् हरेक ठाउँमा”, ओलीले भनेका छन्, “कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के–के निषेध, अहिले कोशीमा सत्ता संरक्षित, आपराधिक घटनाहरू भइरहेका छन्, आफैँले आफ्नै मान्छे मारे सुरुमै, हामीमाथि हमला भयो ।”

ओलीले कोशी प्रदेशमा पार्टीका नेता–कार्यकर्तालक्षित आक्रमण भइरहेको भन्दै प्रतिवादमा उत्रन भनेका छन् । प्रदेश सभा सदस्य राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरिएको ओलीको दाबी छ।

“मोबिल छर्केर आगो लगाउनेसम्मको हर्कत यो राजनीति हो ?”, अध्यक्ष ओलीले प्रश्न गरे, “अब एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो, सरकारले यो गराइराख्या छ भने एमाले चुप लागेर बस्न सक्दैन, हाम्रा कार्यकर्ताहरूको रक्षा हामी आफैंले गर्नुपर्छ भने तयारी गर्नुपर्छ ।”

वि.सं.२०८० जेठ २५ बिहीवार १६:४७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...