back
CTIZAN AD

इजरायलद्वारा महासागर दिवसका उपलक्ष्यमा समुद्र सरसफाई कार्यक्रम

वि.सं.२०८० जेठ ३० मंगलवार

897 

shares

तेल अवीव । महासागर दिवसका सन्दर्भमा इजरायलको वातावरण संरक्षण मन्त्रालयले स्वच्छ बिचू कार्यक्रम अन्तर्गत भूमध्यसागर र लाल सागरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ। प्रकृति र पार्क प्राधिकरणको सहयोगमा इजरायल डाइभिङ एसोसिएसनको सी गार्ड को नेतृत्वमा डाइभहरू पनि सञ्चालन गरिएको छ ।

गत साता जाफाको गिवात आलिया, हर्जलियाको समुद्री तट र दोर(नाचशोलिमको समुद्री तटमा भएको सरसफाई कार्यक्रममा ५५ जना गोताखोरले भाग लिएका थिए । सो सरसफाइ कार्यक्रममा प्लास्टिक, डिस्पोजेबल खाद्य प्याकेजिङ र पेय पदार्थको क्यानबाट बनेको करिब १२० किलो फोहोर सङ्कलन गरिएको थियो। ।

क्लिन कोस्ट प्लान इजरायलमा सञ्चालित समुद्री फोहोरको समस्यालाई सम्बोधन गर्ने राष्ट्रिय कार्य योजना हो । यस कार्यक्रमले समुद्री फोहोर र विशेष गरी प्लाष्टिक फोहोरबाट हुने खतराहरू रोक्नुपर्ने आवश्यकताका बारेमा सर्वसाधारणलाई जानकारी गराउँछ ।

सन् २०२३ वातावरण संरक्षण मन्त्रालयको स्वच्छ तटीय कार्यक्रमको १८ औं वर्ष हो । कार्यक्रमको उद्देश्य इजरायलमा तटीय र समुद्री फोहोरको खतरालाई न्यूनीकरण गर्नुका साथै वातावरण र जनताको हितका लागि अन्तरराष्ट्रिय प्रतिबद्धता अनुसार समुद्र तट र समुद्र सफा गर्ने कार्य गर्नु हो।
रासस( एएनआई )

वि.सं.२०८० जेठ ३० मंगलवार १३:५५ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...