back
CTIZAN AD

नेपाल बैंकर्स संघ र युएसएआइडीबीच वित्तीय पहुँच बढाउन सहकार्य गर्ने सम्झाैता

वि.सं.२०८० असार ५ मंगलवार

741 

shares

काठमाडौं । नेपाल बैंकर्स संघ तथा युएसएड ट्रेड कम्पिटिटेभनेसबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र युएसएड ट्रेड कम्पिटिटेभनेसका तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरे। यस सम्झौता अनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरूको वित्तीय क्षेत्रमा पहुँच बढाउन विभिन्न विषयहरूमा संवाद सञ्चालन गर्नुका साथै नीतिगत मुद्दाहरू र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न सरोकारवालाहरूसँग छलफल गरी उनीहरूको क्षमता अभिवृद्धि तथा अध्ययन अनुसन्धानमा जोड दिनेछन्।

प्रमुखतः यो सहकार्यले साना तथा मझौला उद्यमी र विशेष गरी पिछडिएको वर्गलाई वित्तीय समावेशीतामा सहभागी गराउन सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ।

बैंक तथा वित्तीय संस्थाहरूकोबीच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकिङ कारोबारसँग सम्बन्धित नीति तथा पद्धतीमा एकरूपता कायम गर्न बैंक तथा वित्तीय संस्थाहरूको एउटा साझा संस्थाको रूपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो।

त्यसैगरी, युएसएड ट्रेड कम्पिटिटेभनेस परियोजना व्यवसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवद्धि गर्न, लघु, साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न तथा विश्वव्यापी बजारीकरणमा नेपालको कृषि, पर्यटन, डिजिटल सेवा लगायतका क्षेत्रबाट सहभागिता बढाउन विभिन्न निजी तथा सरकारी निकायहरूसँगको सहकार्यमा अघि बढाइएको परियोजना हो।

वि.सं.२०८० असार ५ मंगलवार २०:३४ मा प्रकाशित

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...