back
CTIZAN AD

अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गर्न आग्रह

वि.सं.२०८० असार ८ शुक्रवार

807 

shares

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका कार्यबाहक सभापति डा कालुराम राईले अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गर्न आग्रह गरेका छन् ।

नेपाल नेत्रहीन सङ्घले आज आयोजना गरेको कार्यशालामा सांसद राईले प्रारम्भिक हस्तक्षेपले जन्मदेखि तीन वर्षसम्मका अपाङ्गता भएका बालबालिकालाई प्रदान गरिने सेवाको उपलब्धतामा सहजता हुने बताए ।

बालबालिकालाई व्यावसायिक थेरापी, स्पिच थेरापी, फिजिकल थेरापी र व्यवहारात्मक हस्तक्षेप जस्ता सेवा उपलब्ध गराउन नीतिगत र कानुनी प्रबन्ध गर्नुपर्नेमा उनले जोड दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव गौरीशङ्कर पाण्डेले अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गर्न प्राप्त सुझावलाई अध्ययन गरिने बताए । शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डा दिव्या दवाडीले विशेष शिक्षा सेवाको आवश्यकतालाई पनि उक्त नीतिले सघाउने बताए ।

सङ्घका अध्यक्ष सुरेशचन्द्र न्यौपानेले अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गरेपछि उनीहरुलाई समान अवसर प्रदान गर्न पूर्ण र प्रभावकारी सामाजिक समावेशीकरण हुने बताए ।

सङ्घका कार्यकारी निर्देशक नरबहादुर लिम्बूले उक्त प्रस्तावित नीतिलाई सरोकार भएका निकाय र संस्थाका बीचमा छलफलमा लगी कार्यान्वयनका लागि वकालत गर्ने बताए ।

अपाङ्गता भएका महिलाको महासङ्घका अध्यक्ष निर्मला धितालले नेपालको मौलिक हकमा व्यवस्था भएबमोजिम अपाङ्गता भएका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा प्राप्त हुनुपर्नेमा जोड दिए ।

वि.सं.२०८० असार ८ शुक्रवार १२:४३ मा प्रकाशित

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...