back
CTIZAN AD

महिला हिंसा नियन्त्रण गर्न सांसद तिवारीको माग

वि.सं.२०८० असार १० आइतवार

891 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशव्यापीरूपमा महिलामाथि हत्या हिंसाका घटनामा वृद्धि भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद प्रतिक्षा तिवारीले गरिबी, कानुनी सचेतनाको अभावका कारण महिला हिंसा बढेको भन्दै काभ्रेपलाञ्चोकमा एक महिलाको हत्या भएको, भोजपुरमा पनि त्यस्तै गरेर महिलाको हत्या भएको बताएइन् । उनले दिनदिनै यस्तै घटना घटिरहेको उल्लेख गर्दै महिला हिंसा नियन्त्रण गर्न र दोषीमाथि कडा कारबाहीको माग गरिन् ।

सांसद सुशीला थिङले सिन्धुलीको गोलञ्जोरमा आएको बाढी पहिरोका कारण ठूलो क्षति पुगेको भन्दै स्थानीय तीनमाने र भालुखोलामा जोखिममा बढेको बताइन् । उनले पीडित परिवारलाई राहतको प्रबन्ध गर्न माग गरिन् ।

सांसद देवेन्द्र पौडेलले बाग्लुङको ढोरपाटनमा चट्याङका कारण जनधनको क्षति भएको, सवारी दुर्घटनामा पनि त्यस्तै क्षति भएको बताउँदै आकस्मिक घटना र दैविक प्रकोपपीडितलाई राहतको प्रबन्ध गर्न माग गरे ।

सांसद शिव नेपालीले प्राकृतिक विपत्तिबाट जोगिनका लागि नागरिकलाई नै सचेत बनाउनुपर्ने आवश्यकता औँल्याए । पछिल्लोपटक दाङमा चट्याङका कारण तीन जनाको ज्यान गएको र देशका अन्य स्थानमा पनि नागरिकको ज्यान गएको भन्दै क्षति न्यूनीकरण गर्न आवश्यक प्रबन्धको माग गरे ।

वि.सं.२०८० असार १० आइतवार १२:११ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...