back
CTIZAN AD

न्यायाधिशविरुद्ध खनिए मन्त्री, पैसा खाएर स्टे अर्डर दिएको आरोप

वि.सं.२०८० असार १० आइतवार

768 

shares

काठमाडौं । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधीशमाथि गम्भीर आरोप लगाएका छन् । मन्त्री राजभण्डारीले न्यायाधीशले पैसा खाएर आदेश दिने गरेको बताएका छन् ।

कोशी प्रदेश सरकारको गत जेठ ३ गते को मन्त्रिपरिषद् बैठकले खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। तर, सरकारको निर्णयविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए।

उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो । सदस्यसचिव वाग्लेको पक्षमा अदालतले फैसला गरेपछि राजभण्डारीले आक्रोश पोखेका हुन् ।

विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले भने, “स्पष्टीकरण चित्त बुझ्दो नभएर हामीले उहाँलाई पदबाट हटायौं, अनि पदबाट हटाएपछि उच्च अदालतमा मुद्दा दायर भयो, हिजो उच्च अदालतमा मुद्दा दिएका त्यही बोर्डका सदस्यसचिवको मुद्दा अहिलेसम्म हेर्न नसक्ने अदालतका न्यायाधीश आज त्यही पदका सदस्यसचिवले दिएको मुद्दामा स्टेअडर गर्न तयार छ, त्यो किनभने मेरो ठाडो भाषामा भन्न सक्छु, बद्नियत गरेकै हो न्यायाधीशले, त्यो न्यायाधीश फटाहा हो, त्यो न्यायाधीश जनताको नाममा कलंक हो ।”

एमाले नेतासमेत रहेका मन्त्री भण्डारीले आफू जेल जान पनि तयार भएको भन्दै प्रदेश खेलकुद बोर्डको अघिल्ला सदस्यसचिव कृष्ण बस्नेतको मुद्दा अहिलेसम्म हेर्न नभ्याउने न्यायाधीशले हालका सदस्यसचिव हंशराज वाग्लेको विषयमा चाँडो स्टे अर्डर दिनु घुस खाएको प्रमाण भएको दाबी गरे ।

“म यो उद्घोष गर्न चाहन्छु, म जेल जान पनि तयार छु, आपत्तिको कुरा भएन, यहीको कृष्ण बस्नेत भन्ने मान्छेको मुद्दा हेर्न नभ्याउने, फैसला गर्न नमिल्ने न्यायलयका न्यायमूर्तिहरु, अनि त्यही अर्को मुद्दामा फेरि हेर्ने र स्टे अर्डर गर्ने भनेको यो देश पैसाले बिग्रिएको हो, भ्रष्टाचारले बिग्रिएको हो ।”

वि.सं.२०८० असार १० आइतवार १२:२६ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...