back
CTIZAN AD

दाङमा फोहोरबाट उत्पादित ग्याँस पाइप लाइनबाट वितरण गर्न सुरु

वि.सं.२०८० असार १० आइतवार

996 

shares

देउखुरी । दाङको घोराही उपमहानगरपालिका–१६ करौँतीडाँडामा गल्ने फोहोरबाट ग्याँस र मल उत्पादन सुरु भएको छ । साथै उपमहानगरपालिकाले पाइप लाइनका माध्यमबाट ग्याँस वितरण भने सुरु गरेको छ ।

करौँतीडाँडामा फोहोरबाट ग्यास उत्पादन गरी पहिलो चरणमा प्रभावित क्षेत्रका ३५ घरपरिवारलाई निःशुल्करूपमा ग्याँस वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ४० प्रतिशत र नेपाल ऊर्जा विकास कम्पनी प्रालिको ६० प्रतिशत लगानीमा ग्यास उत्पादन परियोजना तयार भएको नगर उपप्रमुख हुमा डिसीले बताए । फोहर प्रभावित क्षेत्रका नागरिकलाई ग्याँस चुलो वितरण र घरघरमा पाइपलाइन पुर्याउने काम भइरहेको डिसीले बताए ।

उद्योगबाट उत्पादित ग्यास पाइप लाइनबाट वडा नं १० र १६ का एक हजार पाँच सय घरमा पुर्याइने परियोजनाको लक्ष्य रहेको उपप्रमुख डिसीले बताए । पाइप लाइनबाट ग्याँस प्रयोग गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।

ग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक दुई हजार घनमिटर ग्याँस उत्पादन र दैनिक तीन सय क्विन्टल फोहर चाहिने भएको छ । फोहरबाट ग्याँस उत्पादन सुरु भएपछि उपमहानगरलाई फोहर व्यवस्थापनमा सजिलो भएको छ । विसं २०७५ मङ्सिर ५ गते सम्झौता भई सुरु भएको परियोजना निर्माणका लागि करिब रु २२ करोड लाग्ने अनुमान गरिएको छ । संरचना निर्माणका लागि उपमहानगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ ।

उपमहानगरपालिकाले ग्याँस वितरण गरेकामा वडा नं १६ निवासी शोभा चौधरीले खुसी व्यक्त गरिन् । “ग्याँस बाल्न पाउँदा धेरै खुसी लागेको छ, दाउराको प्रयोग गरेर खाना पकाउने गरेको थिए, उपमहानगरपालिकाले घरघरमा ग्यास वितरण गरेपछि ग्यासमा खाना पकाउने गरेको छु”, उनले भनिन् ।

बायोग्याँस उद्योगले पाइपका माध्यमबाट घरमै ग्यास दिन थालेपछि समय र इन्धनको बचत भएको छ । वैशाख अन्तिम सातादेखि उद्योगले बायोग्यास वितरण थालेपछि दैनिक भान्सामा काम गर्न सहज भएको चौधरी बताईन् ।

सोही ठाउँकी सिर्जना चौधरीले पनि दैनिक दाउराका भरमा खाना पकाउँदै आएकी थिईन् । उनले सुरुमा त ग्याँस प्रयोग गर्न नजानेको बताईन्। घरमै पानीको धारा खोलेजस्तै गरि ग्याँस बाल्न पाउँदा उनमा खुसीको सीमा नै छैन । “दाउराकै भरमा घरमा खाना पकाउने गरेका थियौँ तर अहिले उद्योगले निःशुल्करूपमा ग्याँस दिन थालेपछि सजिलो भएको छ”, उनल् भनिन्, “दाउरा खोज्नुपर्ने बाध्यता हटेको छ ।”

वि.सं.२०८० असार १० आइतवार १६:२३ मा प्रकाशित

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...