back
CTIZAN AD

वीरगञ्जमा आधा दर्जन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही

वि.सं.२०८० असार ११ सोमवार

1.8K 

shares

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ । पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो । महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि पटक पटक समय दिँदा पनि अटेर गरेपछि बाध्य भएर कारबाही प्रक्रियामा जानुपरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।

महानगरले आज इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी वल्र्ड लिंक, भायोनेट, क्लासिक टेक, सुविसु र डिसहोमलाई कारबाहीस्वरुप रु दुई हजार पाँच सयका दरले जरिबाना गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय, ओमआश्रमलगायतका स्थानमा केही दिनअघि आगलागी हुँदा ती कम्पनीका तार सडकमै असरल्ल खसेर जोखिमपूर्ण अवस्थामा रहेको जानकारी दिएर हटाउन आग्रह गर्दा पनि सम्बन्धित कम्पनीले हटाउन चासो नदिएपछि महानगरले उनिहरुलाई कारबाही गरिएको जनाएको छ ।

पोलमा गुजुल्टो पारेर जथाभावी टाँगिएको तारका कारण आगलागीका घटना पनि बढिरहेको छ । महानगरले तार व्यवस्थापनमा लामो समयदेखि काम गरिरहेको भए पनि नतिजा हात पार्न सकेको छैन । सम्बन्धित कम्पनीको असहयोगका कारण तार व्यवस्थापन जटिल बनेको र यसले सहरी सौन्दर्यलाई समेत असर गरिरहेको महानगरपालिकाको भनाइ छ ।

जथाभावी तार तान्ने कामलाई निरुत्साहित गर्न महानगरले पटकपटक सम्बन्धित कम्पनीलाई चेतावनी दिएको भए पनि अटेर गर्दै पोलमा तार झुण्ड्याउने क्रमलाई जारी राखेको छ । अब कम्पनीले पूर्वस्वीकृति बेगर तार तान्ने र जथाभावी झुण्ड्याउने गरेको भेटिए कडाइका साथ कारबाही गर्ने गरी महानगर जुटेको महानगरको सूचना प्रविधि शाखाका बृजेश प्रधानले बताए ।

वि.सं.२०८० असार ११ सोमवार ११:४७ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

आगलागीबाट १२ घर नष्ट

आगलागीबाट १२ घर नष्ट

राजविराज (सप्तरी) । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

सहकारीका माध्यमबाट कृषि उद्यममा जम्दै मधेशका महिला

सहकारीका माध्यमबाट कृषि उद्यममा जम्दै मधेशका महिला

महोत्तरी । आम रुपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र...

सङ्कल्प र लगनले चुम्दै सफलता

सङ्कल्प र लगनले चुम्दै सफलता

महोत्तरी । साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारीखेतीमा लागेका...