back

पालिकाद्धारा कक्षा ११ र १२ निःशुल्क पठनपाठनको व्यवस्था

वि.सं.२०८० असार १३ बुधवार

483 

shares

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्थालाई निरन्तरता दिएको छ ।

गाउँपालिकाभित्रका प्रत्येक सामुदायिक विद्यालयमा अध्ययन गर्ने उक्त कक्षाका विद्यार्थीलाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्थालाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले बताए । यस्तै पालिकाभित्रका आठ वटै वडाका सामुदायिक विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ट नतिजा ल्याउने चार विद्यार्थीलाई प्राविधिक वा अप्राविधिक विधामा प्रविणता प्रमाणपत्र वा सो सरहको शिक्षामा समेत छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरसमेत अभिवृद्धि गर्ने उद्देश्यले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने प्रत्येक विद्यालयका विद्यार्थीलाई हरेक वर्ष पोसाक र विद्यालय झोला वितरण गर्नेसमेत जनाइएको छ ।

यस्तै ‘प्रविधिमैत्री कक्षा, आजको आवश्यकता’ भन्ने नाराका साथ माध्यामिक विद्यालयमा सेवा करार कार्यविधि अनुसार कम्प्युटर शिक्षकको व्यवस्था गरी कम्प्युटर कक्षा सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

उक्त कार्यक्रमलाई गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समेत समेटेर लगिएको र क्रमशः निरन्तरता दिँदै लैजाने गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०८० असार १३ बुधवार १३:३७ मा प्रकाशित

Himalayan Life AD
आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सारिएको...

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उच्च सतर्कताका साथ...

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा अलपत्र परेका...

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

काठमाडौं । हाल देशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ...

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाढीबाट उत्पन्न समस्याहरुको चुनौतीको सामना...

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि...