back
CTIZAN AD

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

वि.सं.२०८० असार १४ बिहीवार

759 

shares

काठमाडौं । आज देशभर सामान्यदेखि पूर्णतया बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहनुका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक–दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।

त्यस्तै राति पनि कोशी, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम र गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशखाका अनुसार राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

वि.सं.२०८० असार १४ बिहीवार ०८:५४ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...