back
CTIZAN AD

विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै नाडा टोलीले भेट्यो भन्सार विभागका महानिर्देशक

वि.सं.२०८० असार १६ शनिवार

858 

shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का प्रतिनिधिमण्डल र भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलको भेटवार्ता भएको छ ।

शुक्रबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको टोलीले पौडेलसँग भेट गरी वीरगञ्ज भन्सार कार्यालय, पर्साले आगामी साउन १ गतेपछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्रीवितरणका लागि पठाउनु अघि त्यस्ता त्यसको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाएर मात्र पठाउनुपर्ने भन्ने विषयमा जारी गरेको सूचनालगायत व्यवसायीहरुलाई भन्सारमा परेको समस्याका बारेमा विस्तृत छलफल गरेको छ ।

उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सो सम्बन्धमा जिज्ञासा राख्दै सो सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागू गर्ने भनिएको हो प्रष्ट नभएको र अटोमोबाइल स्पेयर पार्टसका कतिपय वस्तुमा यस्तो व्यवस्था लागू गर्न कठिनाइ हुने भनाइ राखे । त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले त्यसको कार्यान्वयमा आउने व्यावहारिक समस्या र अप्ठयाराहरु बारे जिज्ञासा राखेका थिए ।

सो छलफलमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकोले वैध व्यवसायलाई प्रोत्साहित गर्न र तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जानकारी दिँदै अटोमोबाइल स्पेयर पार्टसको आयातमा पनि यो व्यवस्था लागू हुने बताए । साथै उनले अटोमोबाइल स्पेयर पार्टसका केही वस्तुमा यस्तो व्यवस्था गर्न कठिनाइ हुने भए पनि यस सम्बन्धमा विभागले छिट्टै कार्यविधिसमेत ल्याउन लागेको जानकारी दिए ।

त्यसैगरी सो छलफलमा महानिर्देशक पाडैलले यसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नुपर्ने भएकोले साधारण खुद्रा व्यवसायीलाई कुनै अप्ठेरो र झन्झट पनि नहुने कुरा प्रष्ट पारे ।

विभागका उपमहानिर्देशकद्वय सेवन्तक पोखरेल र रमेश अर्यालसमेतको उपस्थिति रहेको सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरीको उपस्थिति रहेको थियो ।

वि.सं.२०८० असार १६ शनिवार ०८:१६ मा प्रकाशित

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...