back
CTIZAN AD

उच्च अङ्कले ओरालो लाग्यो नेप्से, सबैभन्दा बढी गुमाउनेमा लघुवित्त

वि.सं.२०८० असार १७ आइतवार

732 

shares

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ९७ दशमलव २९ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ९० दशमलव ५२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल एक करोड १३ लाख २३ हजार एक सय ८३ कित्ता शेयर रू पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार एक सय ७९ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रू ४२ करोड ५६ लाख ५४ हजार सात सय सात बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट रू २७ करोड ५५ लाख ९६ हजार चार सय २७, सोल्टी होटल रू २० करोड ८६ लाख ५० हजार तीन सय १६, सूर्यज्योति लाइफ इन्स्योरेन्स रू १६ करोड ६७ लाख ५७ हजार दुई सय ९२ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रू १४ करोड ६८ लाख ८१ हजार आठ सय ६७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । सिटी होटल नौ दशमलव ९८, एनसिसी ऋणपत्र सात दशमलव ७८, लक्ष्मी इक्विटी फण्ड पाँच दशमलव ५६ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले पाँच दशमलव ४९ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सिर्जनशील लघुवित्त नौ दशमलव ३२, माउण्टेन इनर्जी नेपाल नौ दशमलव १२, गरिमा विकास लघुवित्त आठ दशमलव शून्य एक, साधना लघुवित्त सात दशमलव ५८ र गुराँस लघुवित्तका लगानकर्ताले सात दशमलव ३६ प्रतिशतले गुमाएका छन् ।

 

वि.सं.२०८० असार १७ आइतवार १६:०८ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...