काठमाडौं । देशकै ठूलो मध्येको एक दल नेकपा (एमाले)को अध्यक्षको जिम्मेवारीमा रहेका र पटक–पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको औपचारिक अध्ययनबारे विभिन्न अड्कलबाजी हुने गरेका छन् । ओली स्वयम्ले पनि यसबारे स्पष्ट पार्नेगरी कुनै पनि अभिव्यक्ति दिएका छैनन् ।
२०५० सालमै गृहमन्त्री बनेका ओली त्यसयता परराष्ट्रसहित विभिन्न मन्त्रालयको नेतृत्वमा पनि पुगे । ओली पटक–पटक विभिन्न महत्वपूर्णं मन्त्रालयको जिम्मेवारीमा पनि थिए ।
ओली वि.सं. २०७२ असोज २५ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । ०७२ सहित उनी तीन पटकसम्म प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
एमालेको नेतृत्व गरिरहेका र देशकै नेतृत्व पनि पटक पटक गरेका ओलीको औपचारिक शैक्षिक हैसियत भने छैन । मानार्थ पिएच्.डी. उपाधीसमेत पाएका ओलीले औपचारिक रुपमा प्रवेशिका तह पनि उत्तिर्ण गरेका छैनन् । संसद सचिवालयलाई बुझाएको व्यक्तिगत विवरणअनुसार ओलीको औपचारिक शैक्षिक हैसियत साधारण लेखपढ मात्र छ ।

वि.सं.२०८० असार २२ शुक्रवार १६:०४ मा प्रकाशित






























