back
CTIZAN AD

नबिल बैंकको २५६औं शाखा विस्तार

वि.सं.२०८० असार २३ शनिवार

669 

shares

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो २५६औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । नेपालको अग्रणी बैंकिङ संस्थाका रूपमा रहेको नबिल बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखा उद्घाटन भएको हो ।

शिक्षा हवका रूपमा स्थापित नयाँ शाखा शुक्रबारबाटै सञ्चालनमा आएको जनाइएको छ । शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रिबन काटेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक पौड्यालले परामर्श हवका रूपमा परिचित पुलीसडकमा नबिलको शिक्षा हवले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रलाई उत्तम सेवा दिनेमा विश्वस्त रहेको बताए ।

शैक्षिक कर्जालगायत चाहिने अरु सम्पूर्ण बैंकिङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ यो शाखा उद्घाटन गरिएको सिइओ ढुंगानाले बताए । उनले सेवाग्राहीको मागलाई सम्बोधन गर्न नयाँ शाखा विस्तार गरिएकोे जनाए ।

विद्यार्थीहरूका लागि शैक्षिक गतिविधि र उनीहरूको गन्तव्य देशको यात्राका लागि बैंकिङ पहुँच दिने र दायरा विस्तार गर्ने अन्य परिष्कृत सेवा प्रदान गर्ने विषयमा बैंक प्रतिबद्ध रहेको उनले उल्लेख गरे । नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदातालाई सरल बैकिङ सेवा प्रदान गर्न सधैं तत्पर रहने बताए ।

नियमित बैंकिङ सेवाहरूका साथै, शैक्षिक कर्जा चाहने सेवाग्राहीलाई एकद्वार सेवा प्रदान गर्ने लक्ष्य बैंकको छ । शिक्षा हवका रूपमा रहेको नबिल बैंकको यस शाखाले आइल्स, टोफेल, जिएरआई, एसएटीलगायतका परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्क, कलेज तथा विश्वविद्यालयहरूमा ट्युसन शुल्क र अन्य शुल्कहरूका लागि विदेशी मुद्रा विनिमय दिनेलगायतका सुविधा दिने उल्लेख गरिएको छ । त्यस्तै विदेशी विद्यार्थीका स्वास्थ्य बिमाको भुक्तानीसमेत गर्न सकिने बैंकले जनाएको छ ।

वि.सं.२०८० असार २३ शनिवार ०७:४२ मा प्रकाशित

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...