गणेश लोहनी, चितवन हाल काठमाडौं
साहित्यिक चौतारी नेपाल, जापान शाखा
१
केही गरेर देखाउन मन लाग्यो मलाई पनि
मुन्तशिरले भनेजस्तै तौल बिनाको नाम के काम छ
नाम सुनौलो लेखाउन मन लाग्यो मलाई पनि
२
बाल्वाटारमा चार आना जग्गा मिलाइ पाउँ
फास्टट्रयाक बाट समृद्धिको नौलो नेपाली मोडल आहा
छोराछोरीलाई भुटानीको आइडि दिलाइ पाउँ
३
पशुपतिको मेला सिद्राको ब्यापार गजबको
सिद्रासङ्गै ठूला माछाको कारोवार थालौं कि हजुर
जे गरे पनि कानुन नलाग्ने संसार गजबको
४
तिर कतै लाग्छ छटपटि अन्त हुन्छ
सत्य एकै भए किन फरक देख्छन् मान्छेहरू
कतैको चाण्डाल कतैको सन्त हुन्छ
५
गरिव निवारण कि गरिवी प्रष्ट भएन
वीषपान गराउँदै हिँडेका छन् पुतनाहरू
को पराई हुन् को करिबी प्रष्ट भएन
वि.सं.२०८० असार २३ शनिवार ०७:५४ मा प्रकाशित





























