back
CTIZAN AD

कविता : के गुरु ! हुनसक्छु म ??

वि.सं.२०८० असार २३ शनिवार

1K 

shares

कलानिधि दाहाल, काठमाडौँ
चोरेँ, ठगेँ, छलेँ ज्यादा गरेँ पास सबै तह
भौतिक भूतका स्वप्न बाली लाएँ लहालह !
घुसेँ चाप्लुसका हात चलाई गुरु बन्न म
व्याधाझैँ स्वार्थका आँत के गुरु हुँ र भन्छु म !!

सित्तै गर्नु परे काम व्यस्त छु भनी दिन्छु म
उता पेन्सनका पोया बाट्नमै अलमस्त म !
पाए ट्युशन दौडन्छु पैसामै मदमस्त म
नीचताको महास्वार्थी के गुरु हुन सक्छु म !!

पाठशाला विना पैसा यता सञ्जाल लोभ म
नाम दर्ता गरेकै छु काम के गर्न पुग्छु म !
नाम चल्छ यता, पैसा उता झर्दछ हिड्छु म
यस्तो स्वार्थी छु पाखण्डी के गुरु हुन सक्छु म ??

व्यापारका उता रन्का नाफा झर्छन् धमाधम
बुझाइ भित्रको ज्ञान रटान मात्रमा छु म !
रटेका शब्द छन् छैनन् ओके गर्दिन नत्र म
अल्पज्ञानी घमण्डी छु के गुरु बन्न सक्छु म !!

खान्छु जागीर दैनिक लिन्छु पैसा सके जति
दिन्छु ज्यादै लिएभन्दा कञ्जुस कम हो कति ?
तर नाम चलोस् भन्दै तपाइसँग नै छु म
यस्तो लाचारको मान्छे के गुरु बन्न सक्छु म ??

हेर्छु सामु छ यो वृक्ष जल्ले जे खोज्छ दिन्छ ऊ
रात होस् दिन होस् सारा समर्पित रहन्छ ऊ !
निस्वार्थको चुली यस्तो भए पो हुन सक्छु म
सच्चा गुरु, भएँ स्वार्थी यस्तो के गुरु हुन्छु म ??

यो बना ऊ बना भन्दै जो जान्दैन उतैतिर
औँला उचालिदै टिप्छु स्वार्थका भाग आखिर !
जान्ने भए यता आई सिक्थ्यो ऊ ज्ञान खै छु म
यस्तो नादान अज्ञानी के गुरु हुन सक्छु म ??
छन्द ः अनुष्टुप

 

वि.सं.२०८० असार २३ शनिवार ०७:५४ मा प्रकाशित

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...

कविता : के कामको शासन

कविता : के कामको शासन

बिमला चन्द सानू, बैतडी हाल : काठमाडौं लाखौं छन् घरभित्र...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

कविता : लैलै बरी लैबरी

कविता : लैलै बरी लैबरी

हिरा भट्ट बदमास नम्बर दुई जन्मस्थल:पञ्चेश्वर-६,बिजुल, बैतडी "खत्रा ट्याटु बन्यो"भुँडीतिर...

कविता : मान्छे

कविता : मान्छे

अलख निरञ्जन लोहार टीकापुर, कैलाली हाल : भारत जो जो...