काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार चढाव आइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबारको बजारमा १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबारको बजारमा सात सयले बढेर १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३९५ रुपैयामा कारोबार भइरहेको छ ।

वि.सं.२०८० असार २४ आइतवार ११:५७ मा प्रकाशित




























